राेयाण्टर मण्डल
लहान ( सिरहा)/ अवैध उत्खननको समाचार संकलनका क्रममा पत्रकारमाथि चाइना रेलवे निर्माण कम्पनीका कर्मचारीहरुले अबरोध गरेकाे प्रति पत्रकार महासंघ सिरहा शाखाले आपत्ति जनाएको छ ।
नेपाल पत्रकार महासंघ सिरहाले साेमवार प्रेस विज्ञप्ति जारीगरी समाचार संकलनमा खटिएका पत्रकारलाई समाचार संकलनमा अवरोध गर्नेहरुकाहरुलाई पहिचान गरी कार्वाही मांग गरेकाे छ ।
बुधवार लहान नगरपालिका वार्ड नम्वर १५ स्थित खुटी खोलामा अवैध नदी उत्खननको समाचार संकलनका लागि पुगेका कान्तिपुर टिभिका सिरहा समाचारदाता विनय यादव र सञ्चारकर्मी सुरेश राय लगायतका पत्रकारहरुलाई भिडियो र फोटो संकलन गरिरहेका बेला अवराेध गरेकाे थियाे ।
पत्रकारलाई निर्बाध रूपमा समाचार संकलनको वातावरण मिलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको साम्मान गर्न महासंघ सम्वन्धित निकायसंग अपील गरेकाे छ ।





