राेयाण्टर मण्डल
सिरहा / लहान नगरपालिका वडा नम्बर १ नयाँ बस्तीमा पछिल्ला दिनमा दिउँसै चोरी हुने घटनामा तीव्र वृद्धि भएसँगै स्थानीयवासी त्रासमा परेका छन् ।
नयाँ बस्तीस्थित राकेश ठाकुरको घरमा आज मंगलबार दिउँसो करिब १ बजेतिर चोरी भएको हो ।
मेन गेटमा ताल्चा लगाएको भए पनि चोरले घरको छतबाट प्रवेश गरी दराजको ताल्चा फोडी १५ अना सुनका गहना र नगद ८० हजार रुपैयाँ चोरी गरेको पीडित ठाकुरले बताए ।
घरमा कोही नभएको मौका छोपी चोरले सजिलै दराज फोडेर गहना तथा नगद लिएर फरार भएको प्रहरीले जनाएको छ ।
स्थानीयवासीका अनुसार केही महिनादेखि घरको पछाडिको फिल्ड क्षेत्रमा अपरिचित व्यक्तिहरू लागुऔषध सेवन गर्ने समूह नियमित देखिँदै आएका छन् ।
यसबारे लहान प्रहरीलाई पटक–पटक जानकारी गराए पनि प्रहरीले कुनै चासो नदिँदा चोरीका घटनामा वृद्धि भएको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।
नयाँ बस्ती क्षेत्रमा प्रहरी गस्ती कमजोर रहेकाले दिउँसै पनि असुरक्षित महसुस हुने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ ।
– सांकेतिक तस्बिर





