मनिषा मण्डल
सुखीपुर (सिरहा) /  श्री राम जानकी बी.एन. जनता बहुमुखी क्याम्पस सुखीपुरमा आज विहिवार B.Ed  प्रथम वर्ष २०८२ का नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्दै अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

कार्यक्रममा क्याम्पस प्रशासन, व्यवस्थापन , शिक्षकहरू तथा  विद्यार्थीहरूको उपस्थिति रहेकाे थियो ।

नयाँ भर्ना भएका विद्यार्थीहरूलाई शैक्षिक वातावरण, शैक्षिक सत्रको कार्ययोजना, पाठ्यक्रम संरचना, परीक्षा प्रणाली, अनुशासन तथा उपस्थितिको नियम, शैक्षिक सुविधाहरूबारे कार्यक्रम मार्फत विस्तृत जानकारी गराइएकाे क्याम्पस प्रमुख मनित चाैधरीले जानकारी गराउनुभयाे ।

क्याम्पस प्रमुख चाैधरीले  नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै भन्नुभयो – “हामीले विद्यार्थीलाई मैत्री शिक्षण पद्धतिलाई प्राथमिकता दिएका छौँ । गुणस्तरीय शिक्षा र सिकाइ वातावरण निर्माण गर्न क्याम्पस प्रतिबद्ध छ ।”

कार्यक्रममा शिक्षक तथा विद्यार्थी प्रतिनिधिहरूले समेत क्याम्पसको शिक्षण पद्धति, सह-पाठ्यक्रम क्रियाकलाप, शैक्षिक अवसर,  क्याम्पस  व्यवस्थापन  बारे  क्याम्पसका अध्यक्ष महेश चाैधरीले जानकारी सहित मार्गनिर्देशन गरेका थिए ।

कार्यक्रमको अन्त्यमा नवप्रवेशी विद्यार्थीहरूलाई शुभकामना दिँदै सफल शैक्षिक यात्राको कामना क्याम्पसका शुभचिन्तक विपि भुवन यादव लगायतका शुभचिन्तकहरुले गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय