राेयाण्टर मण्डल
लहान (सिरहा) / बंगलादेशमा हिन्दू समुदायका दिपु चन्द्र दासलाई जिउँदै जलाएर हत्या गरेकाे विराेधमा आज लहानको मुख्य चौकमा हिन्दूवादी संगठनहरूले विरोध प्रदर्शन गरेका छन् ।

विश्व हिन्दू परिषद् सिरहाको ब्यानरमा आयोजित उक्त कार्यक्रममा उल्लेख्य संख्यामा कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

 

प्रदर्शनपश्चात ज्यान गुमाएका दासको सम्झनामा सामूहिक रूपमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएका छन् ।

बंगलादेशको घटनामा दिपु चन्द्र दासलाई जिउँदै जलाएर हत्या गरिएको उल्लेख गर्दै यसलाई मानवता विरुद्धको अत्यन्तै क्रूर र निन्दनीय अपराध भएकाे सनातनी संताेष ठाकुरले बताएका छन् ।

उनीहरूले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

विश्व हिन्दू परिषद्का प्रतिनिधिहरूले धार्मिक आस्थाको आधारमा निर्दोष मानिसहरूमाथि गरिने हिंसा सभ्य समाजका लागि लज्जास्पद विषय भएको बताउँदै यस्ता घटनाको अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन् ।

बंगलादेशमा हिन्दू समुदायमाथि भएको उक्त हिंसात्मक घटनाको विरोधमा नेपालका राजधानी काठमाडौं, जनकपुर, विराटनगर, लहान लगायत देशका विभिन्न प्रमुख शहरहरूमा निरन्तर विरोध प्रदर्शन भइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय