राेयाण्टर मण्डल
लहान । सिरहाकाे लहानमा एकाशी घट्दै गएको तापक्रमका कारण लहानमा चिसो उल्लेख्य रूपमा बढेको छ।

आज शुक्रबार बिहान लहानको न्यूनतम तापक्रम १३ डिग्री सेल्सियस मापन गरिएको छ । बिहानैदेखि बाक्लो हुस्सु लागेपछि जनजीवन प्रभावित भएको छ ।

हुस्सुका कारण सडकमा दृश्यता कम हुँदा सवारी साधनको आवतजावतमा समस्या देखिएको छ। विशेषगरी पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडक खण्डहरूमा सवारी साधनहरू बत्ती बालेर सावधानीपूर्वक गुड्न बाध्य भएका छन् ।

बिहानको समयमा विद्यालय जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी तथा दैनिक मजदुरीमा निर्भर सर्वसाधारणलाई बढी कठिनाइ भएको स्थानीय मुकेश साहले बताएका छन् ।

चिसो बढेसँगै बजार क्षेत्र सुनसान देखिएको छ । “Morning walk” ( बिहानी हिँडाइ) गर्नेहरु पनि Morning walk नगरि लहान नगरपालिका १ स्थित रहेकाे रघुवीर चिया पसल लगायतकाे पसलमा सर्वसाधारणको भीड बढेको छ ।

चिसो र हुस्सुका कारण तरकारी तथा अन्य बालीमा असर पर्ने नगरपालिका २ का किसानहरूले जय नरायण यादवले चिन्ता व्यक्त गरेका छन् ।

चिसोका कारण रुघाखोकी, ज्वरो, दम तथा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने भएकाले न्यानो कपडा प्रयोग गर्न, बिहान–साँझ अनावश्यक बाहिर ननिस्कन र तातो खानेकुरा सेवन गर्न सुखीपुर नगर अस्पतालका प्रमुख तथा लहान १० मा अस्थायी बसाेवास गरि रहेका चिकित्सक लुस्युन यादवले सावधानी अपनाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय