राेयाण्टर मण्डल
सिरहा । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सत्य नारायण यादवको एकल नाम सिफारिस गरेको छ ।

पार्टीको जिल्ला तहमा सम्पन्न बैठक तथा सिफारिस समितिको निर्णय अनुसार सत्य नारायण यादवलाई प्रत्यक्ष उम्मेदवारका रूपमा अघि सारिएको हो ।

पार्टी स्रोतका अनुसार सत्य नारायण यादव लामो समयदेखि समाजिक सेवा र राजनीतिमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन् । स्थानीय जनसम्पर्क, संगठन सुदृढीकरण तथा मधेश आन्दोलनमा उहाँको योगदान उल्लेखनीय रहेको भन्दै सर्वसम्मत रूपमा उहाँको नाम सिफारिस गरिएको जसपा नेपाल सिरहा क्षेत्रिय समितिले जनाएको छ।

त्यसैगरी, प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ पनि जसपा नेपाल सिरहाले चार जना नेताहरूको नाम सिफारिस गरेको छ।

समानुपातिक सूचीमा क्रमशः राज लाल यादव, खडक नारायण चौधरी, जितेन्द्र प्रकाश महतो र भोला प्रसाद चौधरीको नाम समावेश गरिएको छ। पार्टीले समावेशी प्रतिनिधित्व, संगठनात्मक योगदान र क्षेत्रगत सन्तुलनलाई ध्यानमा राख्दै नाम सिफारिस गरेको जनाएको छ।

यसैगरी, महिलातर्फबाट पार्टीले ललिता यादवको एकल नाम सिफारिस गरेको छ। महिला नेतृत्वलाई प्रोत्साहन गर्ने पार्टीको नीति अनुरूप ललिता यादवको नाम सर्वसम्मत रूपमा सिफारिस गरिएको बताइएको छ।

उहाँ महिला अधिकार, सामाजिक न्याय र पार्टी संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ।

जसपा नेपाल क्षेत्रिय समितिले योग्य, प्रतिबद्ध र जनआधार भएका नेताहरूलाई उम्मेदवारका रूपमा सिफारिस गरिएको उल्लेख गर्दै अन्तिम निर्णय पार्टीको केन्द्रीय समिति तथा केन्द्रीय निर्वाचन परिचालन समितिबाट हुने जनाएको छ ।

सिफारिस भएका नामहरूलाई केन्द्रीय तहबाट अनुमोदन भएपछि उम्मेदवारी औपचारिक रूपमा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय