राेयाण्टर मण्डल
लहान (सिरहा) / धनुषाका साहित्यकार गणेश तिमल्सिना “गति” द्वारा रचित ‘मनोगति’ नामक मुक्तक–संग्रह धनुषाकाे गाेदारमा शनिबार एक विशेष समारोहका बीच विमोचन गरिएको छ ।

मातृभाषा साहित्य कला संरक्षण केन्द्रका अध्यक्ष तथा वरिष्ठ साहित्यकार अर्जुन प्रसाद गुप्ता “दर्दिला” ले उक्त कृतिको औपचारिक विमोचन गर्नुभएको हो ।
विमोचनपछि बोल्दै प्रमुख अतिथि दर्दिलाले ‘मनोगति’ मुक्तक–संग्रहले धनुषा गाउँ, समाज, जीवन, प्रेम, देश तथा मिथिला क्षेत्रको संस्कृति–इतिहासलाई निकै आकर्षक र गहन ढङ्गले अभिव्यक्त गरेको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा मधेस प्रदेशकी सांसद तथा पूर्व उद्योग–पर्यटन मन्त्री सुनिता यादव, गणेशमान चारनाथ नगरपालिकाकी पूर्व उप–मेयर मिना कुमारी, शिक्षा प्रमुख छोटी मुखिया, बर्दिबास साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल, गौरीशङ्कर मिथिला वाङ्मय प्रतिष्ठानका अध्यक्ष प्रेम घिमिरे, प्रगतिशील मधेस प्रदेशका सचिव भिम राउत, विश्व साहित्य मञ्च महोत्तरीका अध्यक्ष उद्वव अविचल, बुढ्यौली साहित्य सिरहाका अध्यक्ष गणेश कुमार अधिकारी, महासचिव कुमार दहाल ‘कुसुम’, सर्लाही साहित्य समाजकी अध्यक्ष मीना देवकोटा, मिथिला साहित्य प्रतिष्ठानका अध्यक्ष वि.पी. राज दहाल, जानकी नारी स्रष्टा समाजकी अध्यक्ष जमुना पोखरेल, तथा अन्य साहित्यिक व्यक्तित्वहरूले कृतिको महत्व तथा लेखकप्रति शुभकामना व्यक्त गर्नुभयो ।
लेखक गतिको पहिलो कृति ‘मनोगति’ को विमोचन समारोह जनप्रतिनिधि, बुद्धिजीवी, गुरु वर्ग, समाजसेवी, विद्यार्थी तथा स्थानीय अभिभावकको उल्लेख्य उपस्थितिका कारण भव्य र सफल बनेको कमला साहित्य कला समाजका अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन मन्तव्यमा बताउनुभयो ।
कार्यक्रममा ज.जा. मा.वि. गोदारका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएर माहोललाई झनै उत्साहपूर्ण बनाएका थिए ।








