राेयाण्टर मण्डल
लहान (सिरहा) / अपाङ्ग बालबालिकाको शिक्षा तथा स्वास्थ्य पहुँच बढाउने उद्देश्यले अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, मधेस प्रदेश कार्यालय (क्लब फुट क्लिनिक) लहान सिरहाले ६० जना अपाङ्ग वालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

एक विशेष कार्यक्रमका बीच सामग्री वितरण गरिएको कार्यक्रममा सिरहा जिल्ला समन्वय समितिका सभापति दिनेश महतो प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिका रूपमा लहान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम दयाल महतो लगायतको उपस्थिति रहेको थियो ।

उक्त सहयोग मार्फत सिरहा, सप्तरी तथा धनुषाका अपाङ्ग बालबालिकालाई शिक्षामा सहजता पुर्‍याउने र चिसो मौसममा न्यानो संरक्षण उपलब्ध गराउने उद्देश्य रहेको केन्द्रले जनाएको छ ।

यसै क्रममा मधेस प्रदेशका प्रमुख भोगेन्द्र महतोले फिजियोथेरापी तथा शैक्षिक सामग्री वितरणले बालबालिकाको मनोबल वृद्धि गरेको बताउँदै यस्ता कार्यक्रमले उनीहरूको शैक्षिक यात्रामा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्कुल ब्याग १ थान, कोपी ६ पिस, इरेजर १ थान, कटर १ थान, पेन्सिल १ प्याकेट, साथै न्यानो कपडामा स्विटर १ थान, टाेपी थान, मोजा १ थान लगायतका सामग्री प्रदान गरिएको थियो ।

अभिभावकहरूका अनुसार यस्तो सहयोगले  अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय