मनिषा मण्डल
सुखीपुर ९सिरहा० र सिरहाको सुखीपुरमा क्रिकेट एकेडेमी स्थापना गरिएको छ । मंगलवार आयोजित भव्य उद्घाटन समारोहमा भूमी पुजनगरी एकेडेमीको सुरुवात गरिएको छ ।
कार्यक्रममा क्रेकट खेलका राष्ट्रिय खेलाडी नन्दन यादव, खेलकुद प्रेमी, शिक्षक, समाजसेवी, अभिभावक र युवाहरूको उल्लेख्य उपस्थिति थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि क्रेकट खेलका राष्ट्रिय खेलाडी नन्दन यादवले एकेडेमीको महत्व र यसले युवा पुस्तामा खेलकुदप्रति उत्पन्न गर्ने सकारात्मक प्रभावबारे चर्चा गर्नुभयो ।
एकेडेमीमा खेल प्रशिक्षणका साथै शारीरिक स्वास्थ्य, मानसिक तयारी र खेलकुद मनोविज्ञान सम्बन्धी तालिम पनि प्रदान गरिने एकेडेमीका व्यवस्थापन अध्यक्ष विपि भुवन यादवले जानकारी गराउनुभयो ।
वहाँले थप्दैभन्नुभयो “हाम्रो मुख्य लक्ष्य हो– युवाहरूलाई क्रिकेट खेलकुदको माध्यमबाट अनुशासित, स्वस्थ र प्रेरित बनाउने । यसै क्रममा हामी गुणस्तरीय प्रशिक्षकहरूको व्यवस्था, आधुनिक अभ्यास सामग्री र सुरक्षित वातावरण सुनिश्चित गर्दैछौं ।”
स्थानीय खेलाडी तथा एकेडमीका सचिव विजय निरौलाका अनुसार, यो एकेडेमी ९सुखीपुर क्रिकेट प्रशिक्षण केन्द्र ० ले सिरहा जिल्लाभरीका बालबालिका, किशोर तथा युवा खेलाडीहरूको क्षमता विकासमा ठूलो योगदान दिनेछ ।
स्थानीय बासिन्दाहरूले पनि यस एकेडेमीको स्थापनाले युवाहरूलाई स्वास्थ्यकर मनोरञ्जन र अनुशासित जीवनशैलीमा प्रेरित गर्ने विश्वास व्यक्त गरे । विशेषतः किशोर तथा युवा वर्गलाई व्यस्त राख्दै समाजमा सकारात्मक ऊर्जा प्रवाह गरिने छ ।

यस क्षेत्रका युवा खेलाडीहरूलाई अब गुणस्तरीय प्रशिक्षण उपलब्ध हुने भएकोले उनीहरूको प्रतिभा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनिने अवसर बढ्नेछ । स्थानीय जनप्रतिनिधिहरूले पनि एकेडेमीको स्थापनामा पुर्याएको योगदानप्रति खुशी व्यक्त गर्दै यस प्रकारका पहलहरूले सम्पूर्ण समाजमा खेलकुद संस्कार विकासमा मद्दत गर्ने बताएका छन् ।






