जीवछ यादव
लहान / केही दशकअघिसम्म यादव समुदायमा कुनै व्यक्तिकी मृत्यु हुँदा जसरी पनि मृत्यु भो ज गर्नेपर्ने जातीय मान्यजनको दवाव हुन्थ्यो तर अब विस्तारै त्यस्तो दवाव हट्न थालेको छ। पछिल्लो समय मृत्यु भोज गर्ने वा नगर्ने विषय मृतकका परिवारले स्वेच्छा अनुसार हुन थाले को यादव समुदायको संस्था गोपाल सेवा समिति लहानले जनाएको छ ।
लहान वडा नं. २३ वथनाहाका कमल यादवले भन्नुभयो, “मेरो पिताको अन्तिम संस्कारका दिन कात्तिक १७ गते मृत्यु भोज गर्न जातीय मान्यजनबाट कुनै दवाव आएन। गाउँस्तरमै भोज गर्ने। पहिला पहिला यस्तो भोज निकै ठूलो स्तरमा हुने गथ्यों। अहिले गोपाल से वा समितिले नै मृत्यु भोजमा धेरै खर्च नगर्न पहल थालेको छ। गर्नैपर्ने कुनै दवाव दिँदैन ।”
गोपाल सेवा समिति लहानका अध्यक्ष गणे श यादवले भन्नुभयो, “आफ्नो परिवारजनको मृत्युमा ऋण काढेर होस् या खेन बेचेर स्वजातीय मान्यजन सभापतिको दवावमा भोज गर्नेपर्ने अवस्था थियो। यस विषयमा गोपाल सेवा समितिले भिन्न जनजागरण कार्यक्रम गरेपछि मृत्यु भोजको दायरा विगतभन्दा घट्दै गएको छ। सम्पन्न व्यक्तिले पनि भोजमा गर्ने खर्च गोपाल सेवा समितिको भवन निर्माणका लागि चन्दा दिन वा अन्य सामाजिक कार्यमा लगाउन थालेका छन् ।
जिल्ला समन्वय समिति सिराहाका प्रमुख दिनेश महतोले यादव, कोइरी (महतो), कलाल, सुंडी, तेलीलगायत अन्य जातीय समुदायमा देखिएको मृत्यु भोज र दाइजो विक्तिको वहस तीव्र रूपमा हुन थालेको बताउनुभयो। उहाँले भन्नुभयो, “यसबाट सकारात्मक परिणाम पनि आउन थालेको छ ।”
महदेवागाउँका यादव जातीय मान्यजन पल्टु यादवका अनुसार विगतमा सिराहामा यादव, महतो र तेली समुदायमा मृत्यु भोजमा बसे नि तीन करोड रुपियाँभन्दा बढी मूल्यको सामग्री भारतीय बजारबाट आउने गरेको देखिन्छ ।
अहिले मृत्यु भोजको दायरा घटाउन थालेपछि यसले समाजमा पनि राम्रो प्रभाव पार्न थालेको उहाँको भनाइ छ। अबका दिनमा मृत्यु भोजका लागि ऋण काढून वा खेत बेच्न आवश्यक छैन ।
हरेक जातीय सङ्घ सङ्गठनले आफ्नो स्वजातीय विक्ति हटाउन सञ्चालन गरेको जागरण अभियानले गति लिइरहेको वरिष्ठ ले वक रामरिझन यादवले बताउनुभयो ।
उहाँले आफ्ना मातापिताको मृत्यु भोज नगरी छोरीलाई उच्च शिक्षा दिन प्रतिष्ठान गठन गर्ने अभियान थाल्दा आफू जातीय मान्यजनबाटै वहिष्कृत भएको पीडा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “बल्ल अहिले आएर समाज परिर्वतन हुन थालेको छ। यो देख्दा खुसी लाग्छ ।”
-गाेरखापत्रबाट






