राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) — सुखीपुर नगरपालिकाले आइतबार एक दिनको शोक बिदा दिने निर्णय गरेको छ।
नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामेश्वर साह (रामु) को निधन भएपछि नगर प्रमुख शाेक पत्र प्रकाशनगरी नगरमा शोक बिदा दिइएको हो।
वि.सं. २०७४ र २०७९ सालको स्थानीय तहको निर्वाचनमा लगातार दोस्रोपटक वडा नं. ६ का अध्यक्षमा निर्वाचित साहको शनिबार राति आफनै निवास करिब ३ बजे निधन भएको परिवारले जनाएको छ।
५२ वर्षीय साह केही वर्षदेखि पीतथैली क्यान्सर रोगबाट पीडित थिए। उपचारका क्रममा उनले नेपाल र भारतका विभिन्न क्यान्सर अस्पतालहरूमा उपचार गराउँदै आएका थिए।
साहले आफ्नो राजनीतिक यात्रा नेकपा (एमाले) बाट सुरु गरेका थिए। उनी हाल सुखीपुर नगरपालिकाका नगर सदस्य समेत रहेकाले नगर सचिव विन्दे यादवले जानकारी दिनुभयो।
साहको अन्त्येष्टि आज सुखीपुर स्थित गागैन खोलामा पारिवारिक विधिअनुसार गरिने परिवार स्रोतले जनाएको छ।








