सिरहा / निजी विद्यालय संगठनहरू एपेन, हिसान, प्यापसन, नेशनल प्याप्सन लगायतका चारवटा प्रमुख संस्थाले सरकारद्वारा पारित शिक्षा विधेयकका प्रावधानविरुद्ध संयुक्त आन्दोलन घोषणा गरेका छन् ।

संयुक्त विज्ञप्तिमा उल्लेख भएअनुसार, शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित विधेयक निजी विद्यालयमाथि हितविपरीत रहेकाले आगामी दिनमा चरणबद्ध आन्दोलन थालिने चेतावनी दिइएको छ ।

संस्थागत विद्यालय सञ्चालकहरूलाई ‘रे-नाफामुखी’ बनाउने, पूर्ण छात्रवृत्ति, पारदर्शी शुल्क, पाठ्यपुस्तक, पोसाक, यातायात लगायतका विषयमा सरकारले ल्याउन खोजेको नयाँ व्यवस्था अस्वीकार्य रहेको भन्दै संगठनहरूले ठोस आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

मुख्य मागहरू कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयलाई “रे-नाफामुखी” भनिने प्रावधान हटाउनुपर्ने। , विद्यालयमा पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनुपर्ने ।,  विद्यालयहरू उत्पादन नभई सेवा प्रदायक भएकाले वस्तुजन्य कर, पाठ्यपुस्तक, पोसाक, यातायात, खाना, खाजा आदिमा कर लगाउन नपाइने ।, छात्रवृत्ति वितरण अधिकार विद्यालयमै रहनुपर्ने र स्थानीय प्रतिनिधिहरूसहितको समिति गठन गरी पारदर्शी रूपमा वितरणको व्यवस्था गर्नुपर्ने । , शुल्क संरचना २०७९ सालकै आधारमा राख्नुपर्ने र छात्रवृत्ति सम्बन्धी व्यवस्थामा संशोधन गर्नुपर्ने ।

भदौ ८ गते : मातहतका नगरपालिका, जिल्ला/पालिकास्तरीय भेला, भदौ ९ गते : प्रत्येक प्रदेशमा प्रदेशस्तरीय भेला, भदौ १० गते : काठमाडौंमा सबै सदस्य संस्था सहभागी भई केन्द्रस्तरीय भेला,  भदौ ११ गतेदेखि : विद्यालयहरूमा ‘ब्ल्याक डे’ मनाइने, भदौ १२ गते : विद्यालय बन्द गर्ने चेतावनी आन्दोलनका कार्यक्रमहरू  रहेकाे प्यापनका सिरहा जिल्लाका वरिष्ठ उपाध्यक्ष उमेश यादवले बताउनुभयो ।

चारै संगठनका अध्यक्षहरूले हस्ताक्षर गरेर सार्वजनिक गरिएको विज्ञप्तिमा आन्दोलनका सबै चरणमा शिक्षा सरोकारवालाहरूको ऐक्यबद्धता आवश्यक रहेको उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय