मनिषा मण्डल
सिरहा ( सखुवानन्कारकट्टी ) / सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ कटिया  र नवराजपुर  वडा नम्बर  २  मझाैरा विचमा पर्ने  कटनिया नदीमा अहिलेसम्म पनि स्थायी पुल नबन्दा स्थानीयवासी दैनिक दुःखकष्ट भोग्न बाध्य भएका छन् ।

बर्षातको समयमा नदीमा पानीको सतह बढ्दा बालबालिका, विद्यार्थी, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावत गर्न निकै कठिनाइ हुने गरेको छ। विद्यालय जाने नानीहरूदेखि बजार, कार्यालय र अस्पताल धाउनुपर्ने सर्वसाधारण जनतासम्म नदी पार गर्न ठूलो जोखिम उठाउनुपर्ने बाध्यता छ ।

स्थानीयवासीहरूका अनुसार पटक–पटक सरोकारवाला निकायलाई पुल निर्माणका लागि पहल गर्न आग्रह गरिए पनि अझैसम्म कुनै पहल भएको छैन ।

साे नदीबाट भारत ललमनिया , लाैकहा लगायतका ठाउँ  सम्म जाने गरेकाे मार्ग हाे तर अहिले वर्षातकाे समयमा १० किलाे मिटर दुरी तय गरेर जानू पर्ने बाध्यता रहेकाे सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ का राम शंकर यादवले दुखेसो पाेख्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय