राेयाण्टर मण्डल
लहान (सिरहा) /  लहान नगरपालिकाले समस्यामा परेका विपन्न परिवारलाई निरन्तर राहत वितरण गर्ने अभियान अन्तर्गत लहान–२३ बथनाहा गाउँका दिवंगत हरिमोहन मुखिया (मनोज) का परिवारलाई खाद्यान्न र आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

नगर प्रमुख महेश प्रसाद चौधरीको पहलमा २२ गते मात्र नभई वर्षभर गाउँ–गाउँमा राहत पुर्‍याउने कार्यक्रम सञ्चालन भइरहेको छ। सोही क्रममा, हरिमोहन मुखियाको निधनपछि बिचल्लीमा परेको परिवारको घरमै पुगेर मेयर चौधरीले एक क्विन्टल चामल, ५ किलो दाल, नुन, तेल, चना, मटर, सोयाबिनलगायत आवश्यक खाद्य सामग्री हस्तान्तरण गरे । साथै, मृतकका छोराछोरीको शिक्षामा नगरपालिकाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

हरिमोहन मुखियाको काठमाडौँ स्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । आर्थिक अभावका कारण परिवार बिचल्लीमा परेपछि नगर प्रमुख चाैधरीले घरमै पुगेर सहयाेग गरेकाे हाे ।

पीडित परिवारका लागि देश तथा विदेशबाट पनि उल्लेखनीय सहयोग प्राप्त भए रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय