सिराहा । कृषि विकास बैंक लहान शाखामा देखिएको चरम लापरबाहीका कारण सुखीपुर शाखाका ग्राहकहरू निराश र परेशान भएका छन् ।
ग्राहकका अनुसार, सुखीपुर शाखामा खाता रहेका व्यक्तिहरूले बैंक स्टेटमेन्ट माग्दा लहान शाखाका कर्मचारीहरूले “स्टेटमेन्ट दिन मिल्दैन” भन्दै पन्छाउने गरेका छन्। यसले गर्दा ऋण प्रक्रिया, आर्थिक कारोबार तथा अन्य कागजी काममा उनीहरूलाई अनावश्यक झन्झट बेहोर्नु परेको छ ।
एक महिला कर्मचारीले आफ्नो नाम बताउन मानेनन् तर उनले भने, “यो प्रक्रिया यस्तै हो”। जुन शाखामा जहाँ खाता छ त्यही जानुपर्छ झर्केर बाेलिन तर ग्राहकहरूले भने प्राइभेट बैंकका कर्मचारीहरू सधैं सहयोगी र सकारात्मक व्यवहारका हुने तर कृषि विकास बैंकका कर्मचारीको कठोर र बेवास्तापूर्ण रवैयाले सेवाग्राही दिनदिनै हैरान हुने गरेको गुनासो गरेका छन् ।





