सिरहा / सिराहा जिल्लाको साविक विष्णुपुरकट्टी ६ तथा हाल धनगढीमाई- १२ स्थायी घर भएका नेपाल पत्रकार महासंघ सिराहा शाखाको सदस्य विनोद मण्डलले आफ्नो जीवनको अधिकांश भाग सामाजिक सेवामा समर्पित अवस्था छ ।
सामान्य परिवारमा जन्मेका मण्डलको आमा र बुबाको अल्पआयुमा निधन भएपछि केही समय पत्रकार मण्डलको संघर्ष पारिवारिक स्थितिमा बितेको थियो ।
मानविय सेवामा आफूलाई होमिएका उनले सामान्य सामाजिक सेवाहरु गर्दै आएका थिए । धनगढीमाई १२ का अति विपन्न अमृता शाहको ब्रेन ट्युमरको भक्तपुरमा मण्डलले उपचार सम्भव बनाएपछि सामाजिक वृत्तमा चर्चा उनको शुरु भएको थियो ।
धनगढीमाई १४ दलमेको एक बालकको अण्डकोषको सफल उपचार गराउँदै धनगढीमाई १३ का मनोज रामको मुटुको उपचारमा समेत मण्डलको योगदान रहेको पाइन्छ ।
धनगढीमाई ५ का अति विपन्न एक बालिकालाई जनकपुरको जानकी अस्पतालबाट डिस्चार्ज गराउनका लागि आर्थिक संकलन र अस्पतालबाट उद्दार गर्न सफल ।
धनगढीमाई १३ परेवाभिर स्थित छ्याङ खोलाको किनारमा चन्द्र घण्टा देवीको मन्दिर निर्माणको कार्य सम्पन्न गर्न सफल । धनगढीमाई १४ मा रुद्र गणेश भगवानको मन्दिर निर्माण गर्नुका साथै दुर्गम बस्ती मागनमा नयाँ बाटो खोल्न सफल । वृद्ध भुजेल दम्पतीको घर निर्माण गर्न सफल ।
करिब ४ दर्जन बढी सामाजिक कार्य गर्न सफल मण्डल यतिबेला आफ्नो व्यक्तिगत काम भन्दा अरूको कामको लागि निरन्तर रूपमा अगाडि बढिरहेको छ ।






