राेयाण्टर मण्डल

सुखीपुर (सिराहा) /सिराहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खटिएका प्रमुख प्रशासकीय  अधिकृत अशाेक कुमार सिंहले आफ्नो जिम्मेवारीलाई केवल कागजी प्रक्रिया नभई सेवा, समर्पण र जनसरोकारको माध्यम बनाउँदै गाउँपालिकालाई विकासको गतिमा अघि बढाइरहेका छन् ।

उनको पारदर्शी कार्यशैली, इमान्दारी र सेवा प्रवाहप्रतिको प्रतिबद्धताले स्थानीय तहमा शासनप्रति जनविश्वास झनै बलियो बन्दै गएको छ।

गाउँपालिकामा पदभार ग्रहण गरेदेखि नै “गाउँ सरकार जनताको सेवामा” भन्ने नारालाई व्यवहारमा उतार्न प्रशासकीय अधिकृतले डिजिटल सेवा प्रवाह, एकद्वार प्रणालीको सुदृढीकरण, दक्ष जनशक्ति व्यवस्थापन र नियमित अनुगमनजस्ता उल्लेखनीय कार्यहरू अघि सारेका छन्।

सेवा प्रवाहमा सुधार र पारदर्शिता

नागरिकता, जन्मदर्ता, सिफारिस, सामाजिक सुरक्षा भत्ता लगायतका सेवाहरू अहिले सहज, छिटो र पारदर्शी ढंगले उपलब्ध हुँदै आएका छन् । पहिले सेवा लिन दिनौं कुर्नुपर्ने अवस्था अब हटेको स्थानीयहरू बताउँछन्। एक स्थानीय सेवाग्राहीको भनाइमा, “हामी पहिले काम गर्न जाँदा धेरै झन्झट पर्थ्यो। अहिले समयमै सेवा पाइन्छ, अधिकृतज्यू वास्तवमै सक्रिय र जनमुखी हुनुहुन्छ ।”

पूर्वाधारदेखि जनसहभागिता तकको सुदृढीकरण

प्रशासकीय अधिकृतको पहलमा शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारका क्षेत्रमा पनि रणनीतिक योजना कार्यान्वयनमा ल्याइएको छ । वडा तहसम्म नियमित अनुगमन, योजनाको गुणस्तरीय कार्यान्वयन, र कर्मचारी तथा जनप्रतिनिधिबीच समन्वय अभिवृद्धि हुँदै गएको छ। यसले योजना पारदर्शिता, प्रभावकारिता र सहभागितालाई नयाँ उचाइमा पुर्याएको छ ।

नागरिकमैत्री वातावरणको निर्माण

गाउँपालिका कार्यालयको सेवा वातावरण अब थप उत्तरदायी, खुला र नागरिकमैत्री बन्दै गएको छ। सेवाग्राहीहरू स्वागत र सन्तुष्टिका साथ घर फर्कन थालेका छन् । कार्यालय व्यवस्थापनदेखि सूचना पहुँच, कामको समयसीमा र जवाफदेहितासम्म सुधार देखिएको छ ।

गाउँ सरकारको नयाँ पहिचान

प्रशासकीय अधिकृतको नेतृत्वले ‘प्रशासनिक सेवा केवल औपचारिक प्रक्रिया होइन, नागरिकको हक हो’ भन्ने धारणा स्थापित गर्दैछ। उहाँको कार्यशैलीले केवल प्रशासन चलाउने मात्र नभई जनताको मन जित्ने प्रशासनिक संस्कृति जन्माइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय