राेयाण्टर मण्डल
कर्जन्हा, (सिरहा) / कर्जन्हा नगरपालिका वडा नं. १ बल्टीयामा विपन्न परिवारलाई लक्षित गरी सुरक्षित आवास निर्माण कार्यक्रम अन्तर्गत १० सहित ७० घर निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरि हस्तान्तरण गरिएकाे छ।

आर्थिक वर्ष २०७९/८० मा सञ्चालन गरिएको उक्त कार्यक्रम कर्जन्हा नगरपालिकाको पहल, ह्याबिटाट फर ह्युम्यानिटी नेपालको आर्थिक सहयोग, भवानी एकीकृत विकास केन्द्रको प्राविधिक तथा सहजीकरण सहयोग, र लाभग्राही घरधनीहरुको श्रमदानमा सम्पन्न भएको हो ।

कार्यक्रम अन्तर्गत कर्जन्हा नगरपालिका वडा नम्बर १ का लागि पालिकाबाट बाट  २४ लाख ९६ हजार ६ सय २८ रुपैयाँ ३५ पैसा , ह्याबिटाट फर ह्युम्यानिटी नेपालबाट २४ लाख ८५ हजार ८ सय १८ रुपैयाँ ७५ पैसा, र लाभग्राहीको श्रमदानबाट रु. ८ लाख ८० हजार ४ सय ४६ रुपैयाँ ८९ पैसा गरि ९८ लाख ६२ हजार ८ सय ९३ रुपैयाँ ८९ पैस बराबरको योगदानमा निर्माण सम्पन्न भएकाे कर्जन्हा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुनिल पासमानले बताउनुभयाे ।

त्यसैगरी , आज सिरहाको कर्जाना नगरपालिकाले ७० वटा नवनिर्मित घरहरू घर साझेदारहरूलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

घरबारविहीन र भूमिहीन लाभार्थीहरूका लागि वडा नम्बर १ मा औपचारिक हस्तान्तरण समारोह आयोजना गरिएको थियो। वडाभरि घरहरूको वितरण यस प्रकार छ: वडा नम्बर  ३ मा १० घर, वडा नम्बर  ५ मा १० घर, वडा नम्बर  ८ मा १० घर, वडा नम्बर  ९ मा १० घर, वडा नम्बर  १० मा १० घर, वडा नम्बर  ११ मा १० घर गरि जम्मा ७० घर हस्तान्तरण गरिएको छ ।

यस पहलले स्थानीय सरकार र यसका साझेदारहरूको कमजोर परिवारहरूलाई सुरक्षित र सम्मानजनक आवास प्रदान गर्ने दृढ प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ।

नवनिर्मित घरहरुको संयुक्त समुद्घाटन कर्जन्हा नगरपालिकाका नगर प्रमुख भाेला प्रसाद पोखेल, नगर उप–प्रमुख  लक्ष्मी कुमारी श्रेष्ठ तथा वडा अध्यक्ष फनिन्द्र पोखेल लगायतका वडा अध्यक्षहरुले गर्नु भएको हो ।

समुद्घाटन पश्चात घरहरु लाभग्राही परिवारलाई औपचारिक रुपमा हस्तान्तरण गरिएको छ।

समुद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरु, तथा लाभग्राही समुदायका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

नगर प्रमुख पोखेलले यस्तो कार्यक्रमले विपन्न परिवारको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

भवानी एकीकृत विकास केन्द्रका प्रतिनिधिहरुले आगामी दिनमा पनि यस्ता सहकार्यमा प्रतिबद्धता जनाएका छन् ।

पहिले पानी परेकाे बेला रात भर जग्राम बसेर घरमा चुहिएकाे पानी निकाल्दा निकाल्दा रात वितने गरेकाे थियाे तर आज घर पाएपछि एकदम खुशी भएकाे ककुल्ती सदायले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय