राेयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहा जिल्लाको सुखीपुर नगरपालिका वडा नं. १ मोहनपुर स्थित वडा कार्यालयबाट गाउँभरिको महत्वपूर्ण डाटा रहेको कम्प्युटरको CPU चोरी भएको छ ।

बैशाख ९ गते राति भएको यस घटनाले स्थानीय प्रशासनप्रति गम्भीर प्रश्न उठाएको छ ।

एक महिना पहिले सुखीपुर वडा नम्बर ८ स्थित क्याम्पस चाैक नकाबधारीले दिन दहालै धर्मेन्द्र यादवकाे घरमा नगद र हर गहना लुटेर लग्दा पनि हाल सम्म लुटेरालाई पता लगाउन सकेका छैन् ।

क्याम्पस चाैकमा प्रहरी डयुटी हुँदाहुँदै पनि लुटेर लगदा पनि हाल सम्म कुनै सुराक पता लगाउन नसकेकोले स्थानीय प्रहरीकाे मिलाेमताेमा चाेरी डकैती हुने गरेकाे स्थानीयहरु आराेप रहेकाे छ ।

दिन दहादै चाेरीकाे घटनाकाे महिनाे नवित्दै पुन सुखीपुर नगरपालिका वडा नम्बर ९ काे कार्यलयमा
यति संवेदनशील डटा चोरी हुन्दा पनि प्रहरी सक्रियता माैन रहेकाे चिन्ताजनक विषय बनेको छ।

अझ अचम्मको कुरा, कार्यालयमा रहेको LCD स्क्रिन र प्रिन्टर जस्ता सामग्रीलाई नछुँइ मात्र CPU चोरी हुनु यो सामान्य चोरी नभई योजनाबद्ध डाटा चोरी गरेको छ ।

हाम्राे नगरमा विगत केही महिनादेखि विभिन्न ठाउँमा चोरीका घटना बढिरहेका छन् तर प्रशासनले कुनै ठोस कदम चालेको नदेखिएकाे वडा अध्यक्ष राजेन्द्र चाैधरीले दुखेसो पाेख्नुभयाे ।

वडाध्यक्ष चाैधरीले घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषी चाँडै पत्ता लगाउन आग्रह गरेका छन् । यता , ईलाका प्रहरी कार्यालय सुखीपुरबाट प्राप्त जानकारी अनुसार हालसम्म कुनै ठोस सुराकी फेला नपरेको जानकारी गराए ।

यसरी संवेदनशील सूचना सहितको CPU चोरी हुनु र प्रशासनको निष्क्रियता देखिनु दुःखद पक्ष भएको भन्दै नागरिक समाजले विरोध जनाउन थालेका छन् ।

उनीहरू भन्छन्, “अब हामी आफैँ सचेत हुनुपर्छ, नत्र हामीले दिएको डाटा सुरक्षित छैन ।”

चोरीको अनुसन्धान भइरहेको बताए पनि कहिले भेटिन्छ र दोषी कारबाही हुन्छ भन्नेमा अझै अन्योल छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय