काठमाडौं / टीकापुर काण्डका दोषी रेशम चौधरी पुनः पक्राउ परेका छन् । डिल्लीबजार कारागारलाई सर्वोच्च अदालतले आजै पत्राचार गर्दै चौधरीलाई थुनामा राख्न आदेश दिएको खुलेको छ ।
तर, यो पत्र कुन कानुनी आधारमा पठाइएको भन्ने अनिश्चितताले सर्वोच्च अदालतभित्रै हलचल मच्चिएको छ।
स्रोतका अनुसार, चौधरीलाई दिइएको आममाफी बदर गर्ने कुनै निर्णय अहिलेसम्म सर्वोच्चले गरेको छैन । तर, अदालतको मुद्दा शाखाका अधिकृत महिमानसिंह विष्टले आफैँले हस्ताक्षर गरेको पत्र लिएर प्रहरी परिसर पुग्दा परिस्थिति एकाएक तनावग्रस्त बन्यो ।
पक्राउको आदेश आउनासाथ तत्काल प्रतिक्रिया स्वरूप प्रहरीले रेशम चौधरीलाई प्रज्ञा भवनबाट नियन्त्रणमा लिएको हो। यस घटनाले सर्वोच्चको आन्तरिक प्रक्रिया र निर्णयको पारदर्शिता माथि समेत प्रश्न उठाएको छ ।
यता, स्रोतले दिएको जानकारी अनुसार रेशमलाई पुनः छुटाउन आजै अर्को पत्र पठाउने तयारी भइरहेको छ । यसले घटनालाई झनै रहस्यमय बनाइरहेको छ ।
महान्यायधिवक्ता रमेश बडालले प्रतिक्रिया दिँदै भने, “सर्वोच्चको पत्रका आधारमा पक्राउ गरिएको हो। यदि छुटाउन अर्को पत्र आउँछ भने, कानुनी प्रक्रिया अनुसार उहाँलाई छुटाइनेछ ।”
यो घटनाले न केवल कानुनी प्रक्रिया तर राजनीतिक तहमा समेत तरंग ल्याउने संकेत देखिएको छ ।





