राेयाण्टर मण्डल
सिरहा / लहान मालपोत कार्यालयका प्रमुख डमरु प्रसाद निरौला विरुद्ध लेखापढी व्यवसायीहरुले मंगलवार कार्यालय परिसरमै नाराबाजीसहित प्रदर्शन गरेका छन् ।
लहान–७ स्थित घण्टाघर नजिक निर्माणाधीन नयाँ मालपोत कार्यालय भवनसँगै रहेको ४ कट्ठा ५ धुर सरकारी जग्गा आन्तरिक राजस्व कार्यालय लहानलाई लिजमा दिन लागिएको विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।
लेखापढी व्यवसायी लहानका अध्यक्ष रामनारायण यादवका अनुसार सो जग्गा कार्यालयको कार्य सञ्चालनका लागि अत्यावश्यक भएको र लिजमा दिनु अनुचित भएकाले तुरुन्त खारेज गर्नुपर्ने माग राखिएको छ ।

यसैबीच, लेखापढी व्यवसायीका केन्द्रीय सदस्य दिनेश यादवले प्रमुख निरौलामाथि गम्भीर आरोप लगाउँदै भने, “उहाँ झण्डै चार महिनादेखि कार्यालयमा नियमित बस्नुभएको छैन । हरेक साँझ ५–६ बजे मात्र कार्यालय आइ दिनभर जम्मा भएको कमिशन उठाएर दारू र भारूको पछि लाग्ने गरेको देखिन्छ ।”
विरोधका क्रममा व्यवसायीहरूले निष्पक्ष छानबिन गरी मालपोत प्रमुख निरौलालाई तत्काल हटाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।





