राेयाण्टर मण्डल
सिरहा / नेपाल महिला संघ सिरहा की पूर्व जिल्ला सभापति बिमला कुमारी निरौलाको आज विहिवार ७६ वर्षको उमेरमा निधन भएको छ ।

उहाँको स्वर्गवास  विहान ११:३० बजे आफनै निवास सुखीपुर नगरपालिका वडा नम्बर ३ स्थित कुशहा गाउँमा भएकाे उहाँकाे छाेरा विजय निराैलाले जानकारी गराउनुभयाे ।

राजनीति र समाजसेवामा सक्रिय रही आएकी निरौला लामो समयदेखि नेपाल महिला संघमार्फत महिलाको हक, अधिकार र सशक्तिकरणका पक्षमा क्रियाशील हुनुहुन्थ्यो ।

उहाँको निधनले सिरहा जिल्लाले एक निष्ठावान् महिला नेतृ गुमाएको छ।

स्व. निरौलाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका नेताहरू, शुभेच्छुक तथा सर्वसाधारणले उहाँको योगदानलाई सदैव सम्झिरहने जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय