सिरहा / राष्ट्रिय युवा संघ नेपाल र अनेरास्वियुले पत्रकार अर्जुन थपलियाले गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठ र उनका छोरा, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य सुमित श्रेष्ठलाई ज्यान मार्ने तथा हातखुट्टा भाँच्ने धम्की दिएको आरोप लगाउँदै कडा आपत्ति जनाएका छन् ।

युवा संघ र अनेरास्वियुले प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाउँदै थपलियाको अभिव्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाहीको माग गरेका छन् ।

उनीहरूका अनुसार, सार्वजनिक पदमा रहेका व्यक्तिहरूमाथि हिंसात्मक धम्की दिनु प्रेस स्वतन्त्रताको दुरुपयोग र लोकतान्त्रिक मूल्यविपरीतको कार्य हो ।

ज्ञापनपत्रमा उल्लेख गरिए अनुसार, समाजमा भय र अस्थिरता सिर्जना गर्ने यस्ता अभिव्यक्तिहरूले पत्रकारिता पेशाको मर्यादा र जिम्मेवारीमाथि प्रश्न उठाउने भएकाले कडा कदम चाल्न आवश्यक छ ।

“यदि निष्पक्ष छानबिन नगरिए कडा आन्दोलनको मार्ग अपनाइनेछ,” संघ र अनेरास्वियुले चेतावनी दिएका छन् ।

यस घटनाले राजनीतिक वृत्तमा चर्चा पाएको छ भने पत्रकारिता क्षेत्रबाट समेत मिश्रित प्रतिक्रिया आएका छन् । अब प्रशासनले कसरी अघि बढ्छ भन्ने विषय चासोको विषय बनेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय