
जनता टुडे समाचार
सुखीपुर ( सिरहा) / समाजसेवी एवं दानवीर दुर्गा यादवले यस सिरहा सुखीपुर हुने गरेकाे चैती छठ पर्वमा श्रद्धालुहरूका लागि नि:शुल्क फ्रुटी वितरण गरेका छन् ।
सुखीपुर स्थित रामजानकी पाेखरीमा छठ घाटमा आयोजना गरिएको यस विशेष सेवामा सयौं भक्तजनहरूले लाभ उठाएका छन् ।
छठ पर्वको अवसरमा श्रद्धालुहरू दिनभर व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् । यस क्रममा व्रतालुहरूको ऊर्जा स्तर कायम राख्न यादवले फ्रुटी वितरण गरेका हुन् ।
स्थानीयहरूका अनुसार, दुर्गा यादवले यसअघि पनि विभिन्न धार्मिक तथा सामाजिक कार्यहरूमा योगदान दिँदै आएका छन्।
उनले भने, ” चैती छठ पर्व हाम्रो संस्कृतिको महत्वपूर्ण अंश हो । व्रतालुहरूलाई सानो सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको छ ।”
स्थानियहरू तथा व्रतालुहरूले यादवको यस कार्यको खुलेर प्रशंसा गरेका छन् ।
समाजसेवाका कार्यहरूमा निरन्तर संलग्न यादवलाई आगामी दिनहरूमा पनि यस्ता सेवामूलक कार्यहरू गर्दै जाने अपेक्षा गरिएको छ।
छठ पर्वमा अन्यदाताहरुले पनि चिया, रसी, आईस क्रिम र पानी वितरण गरेकाे चैती छठ महाेत्सव समितिका उपाध्यक्ष राेशन चाैधरीले जानकारी गराउनुभयाे ।