मनिषा मण्डल
सुखीपुर (सिरहा) / सूर्य उपासनाको चार दिने अन्तर्गत आज मुख्य दिन अस्ताउँदो सुर्यलाई अर्घ अर्पण दिई मनाउने छ ।

सिरहाको सुखीपुरमा यस वर्ष पनि चैती छठ महोत्सव धूमधामका साथ मनाइँदै छ।

चैती छठ महोत्सव समितिका अध्यक्ष महेश साहका अनुसार धार्मिक विधिपूर्वक सम्पूर्ण मिथिलाञ्चलमा मंगलबारदेखि सुरु भएको यो पर्व अन्तर्गत पहिलाे दिन नहाय खाई ( चाेसाे हुने दिन) , दाेस्राे दिन साँझ घरघरमा कुल देवताको पूजा गर्दै भगवान सूर्यदेव र छठी मातालाई आगमनको निम्तो दिने दिन खर्ना , आज तेस्रो दिन छठकाे मुख्य दिन अस्ताउदाै सुर्यलाई बनाईकाे सामग्री अर्पण दिन परम्परा रहिआएको छ।

सुखीपुर ८ की व्रतालु उर्मिला पण्डितका अनुसार हिजाे खरना सम्पन्न गरेपछि राति व्रतालुहरू अरवा भोजन मात्र ग्रहण गर्छन्, जसमा नुनरहित खीर, पुरी र केरा मुख्य हुन्छन् ।

मिथिलाञ्चलका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सा र भारतका मिथाला क्षेत्रमा पनि यो पर्व भव्य रूपमा मनाइन्छ।

सुखीपुर चैती छठ महोत्सव समितिका सचिव ओम प्रकाश गुप्ताका अनुसार सत्य, अहिंसा, सहानुभूति एवं समृद्धिको प्रतीक रहेको यो पर्वले समाजमा धार्मिक एवं सांस्कृतिक एकता ल्याउने कार्य गर्दछ।

सुखीपुर नगरपालिका वडा नं. ८ स्थित रामजानकी पोखरीमा व्रतालु भक्तजनको उल्लेख्य भीड लाग्ने गर्दछ।

मंगलबार पहिलो दिन नहा-खा (स्नान एवं शुद्ध भोजन) सम्पन्न भएको थियो भने आज तेस्रो दिन छठकाे मुख्य दिन पाेखरी र ताल तलैयामा अस्ताउँदो सुर्य देवता अर्पण दिने दिन रहेकाे छ।

आज पर्वको तेस्रो दिन बिहीबार साँझ, व्रतीहरू परम्परागत विधिअनुसार गहुँ र चामल कुटान-पिसान गरी ठकुवा, भुसवा, खजुरिया, पेरुकिया आदि परिकार तयार गर्छन्। विविध फलफूल, मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिर, नरिवल, सुन्तला, केरा, माटोका कलात्मक सामग्रीहरू समेत श्रद्धापूर्वक सजाएर छठ घाटमा लैजाने चलन छ।

षष्ठीका दिन व्रतीहरू सन्ध्याकालीन अर्घका लागि जलाशयमा प्रवेश गरी अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गर्छन् ।

सप्तमीका दिन शुक्रबार बिहान पुनः जलाशयमा प्रवेश गरी उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै यो महान् पर्व समापन गरिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय