
जनता टुडे समाचारदाता
लहान (सिरहा ) / ईस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल-फित्र अवसरमा लहान नगरपालिकाले २ सय विपन्न मुस्लिम परिवारलाई राहत वितरण गरेको छ ।
नगरपालिकाले प्रत्येक परिवारलाई १० किलो चामल, १ किलो नुन, दाल, तेल, सोयाबिन, चिनी, मटर, १ किलो मासु र चाना वितरण गरिएकाे छ।
कार्यक्रममा मेयर चौधरीले ” यो राहत मुस्लिम समुदायलाई ईद उल्लासपूर्वक मनाउन सहज बनाउने उद्देश्य राखेको छ । नगरपालिकाले विभिन्न समुदायको सांस्कृतिक तथा धार्मिक चाडपर्वलाई सम्मान गर्दै सहयोग गर्दै आएका छाै “
उहाँले थप्दै भन्नुभयाे, “हाम्रो उद्देश्य सबै समुदायका नागरिकलाई आपसी मेलमिलाप र सहकार्यका साथ पर्व मनाउन सहयोग पुर्याउने हो । विपन्न मुस्लिम परिवारहरूलाई राहत वितरण गर्दै हामी ईदको खुशीयाली बढाउन चाहन्छौं ।”
राहत प्राप्त गर्ने स्थानीयहरूले नगरपालिकाको यो सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
लहान-५ निवासी रहीम मियाँले भने, “हामीजस्ता विपन्न परिवारका लागि यस्तो सहयोगले ठूलो राहत मिलेको छ। ईद मनाउन आवश्यक खाद्य सामग्री प्राप्त हुँदा मन खुसी भएको छ।”
कार्यक्रममा नगरपालिकाका विभिन्न पदाधिकारी, मुस्लिम समुदायका अगुवा, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको पत्रकार रहमुलले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रम सिरहा टाईम्स अनलाइनको सहजीकरण र लहान नगरपालिकाकाे आयाेजनामा सम्पन्न भएको छ ।