गोलबजार (सिरहा) / राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सुमित श्रेष्ठले दावानल अनलाइनका सम्पादक अर्जुन थपलिया विरुद्ध ज्यान मार्ने योजना बनाएको गम्भीर आरोप लगाएका छन् ।

सार्वजनिक भएको अडियो सहितको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै श्रेष्ठले आफू असुरक्षित महसुस गरेको बताएका छन् ।

आज गोलबजारमा गरिएको पत्रकार सम्मेलनमा श्रेष्ठले, पत्रकार थपलियाले २०८१ चैत १६ गते ‘सजिलो न्यूज अनलाइन’ मा मलाईलाई हत्या गर्ने, हातखुट्टा काट्ने र सुपारी दिने योजना बनाएको अडियो सार्वजनिक भएको छ । यो घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन् ।

श्रेष्ठले गोलबजार नगरपालिकाका नगर प्रमुख मेरो वुवा श्याम श्रेष्ठ, ठूलो वुवा नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज लिलानाथ श्रेष्ठलाई निरन्तर निशाना बनाउँदै गलत समाचार प्रकाशन भइरहेको आरोप लगाउँदै भने, “ मेरो परिवारलाई जोडेर विना प्रमाणको समाचार पटक पटक प्रकाशन गर्दै आए रहेको सर्ववितिदैछ । नगरपालिकाको विकास निर्माण लगायत अन्य कुरामा परिवारको संगलग्नता नरहेको र समाचार प्रकाशन गर्दा परिवारका सदस्यलाई नजोड्न आग्रह गर्दछु ।”

थपलियाले पत्रकारिताको मर्म विपरीत हिंसात्मक योजना बनाउनु आपत्तिजनक रहेको उल्लेख गर्दै, पत्रकारबाटै यस्तो अपराधजन्य गतिविधि हुनु प्रेस स्वतन्त्रताको विश्वास माथि आघात पुर्याउँछ ।

श्रेष्ठले सम्बन्धित निकायलाई गम्भीर छानबिन गरी प्रेस स्वतन्त्रतालाई मर्यादित, उत्तरदायी र सत्यपरक बनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय