
राेयाण्टर मण्डल
लहान / पत्रकार सुरेश रजकको निर्मम हत्या विरुद्ध लहानमा पत्रकारले विरोध प्रदर्शन गरिएको छ ।
आज शनिबार बेलुका नेपाल पत्रकार महासंघ सिरहा आयाेजनामा नगर परिक्रमा गर्दै सहिद रमेश चोकमा पुगेर कोणसभामा परिणत गरेका थिए ।
विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ‘पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाऊ’, ‘निष्पक्ष छानबिन गर’, ‘सञ्चारकर्मीको सुरक्षामा ध्यान देऊ’ जस्ता नारा लगाएका थिए ।
कोणसभामा बोल्दै पत्रकारहरूले सुरेश रजकको हत्या केवल एक व्यक्तिको हत्या नभई सम्पूर्ण पत्रकारिता क्षेत्रमाथिको चुनौती भएको बताएका छन् ।
उनीहरूले सरकारलाई छिटोभन्दा छिटो दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन आग्रह गरेका छन् । साथै, पत्रकारितामा रहेका जोखिम न्यूनीकरण गर्नका लागि ठोस नीति निर्माण गर्नुपर्ने मागसमेत उठाइएको छ ।
पत्रकार सुरेश रजकको हत्या प्रकरणमा गम्भीर अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै विरोध कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने आयोजकहरूले बताएका छन् ।
काेणसभा पत्रकार दिनेश्वर प्रसाद गुप्ता, अर्जुन थपलिया, राजेश विद्राेही, सुजित राउत, यमुना खनालले मन्तव्य राख्नुभएकाे थियाे भने कार्यक्रम नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनाेज बनैता अध्यक्षता भएकाे थियाे भने कार्यक्रमकाे संचालन नेपाल पत्रकार महासंघ सिरहा शाखाका उपाध्यक्ष राेयाण्टर मण्डलले गर्नुभएकाे थियाे ।