ओम प्रकाश गुप्ता

सुखीपुर (सिरहा) /  नेकपा (एमाले) ले सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ को वडा अधिवेशन तथा अभिमुखिकरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

सुखीपुर उद्योग व्यापार समितिको सभा हलमा आयोजित उक्त अधिवेशनमा स्थानीय नेता, कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो  ।

वडा कमिटीका अध्यक्ष महेश कुमार साहको अध्यक्षता तथा नगरप्रमुख रामअवतार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

नेतृत्वद्वारा पार्टी सुदृढीकरणमा जोड

कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष देव नारायण यादव, पूर्व गाविस अध्यक्ष लक्ष्मण महतो, उद्योगपति अशोक प्रसाद गुप्ता, युवा नेता, व्यापारी, किसान, मजदुर, महिला तथा बुद्धिजीवीहरूको विशेष उपस्थिति रहेको थियो  ।

त्यसैगरी, जिल्ला कमिटीका पदाधिकारीहरू, नगरपालिका अन्तर्गतका वडा अध्यक्षहरू र स्थानीय जनसमुदायको व्यापक सहभागिता कार्यक्रमको आकर्षणको केन्द्र बन्यो ।

पार्टी संगठन थप मजबुत हुने विश्वास

वक्ता तथा नेताहरूले पार्टीको संगठनात्मक सुदृढीकरण, स्थानीय तहमा जनताको सहभागिता वृद्धि, तथा विकासका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा जोड दिएका थिए। उनीहरूले स्थानीय तहमा एमाले पार्टीको भूमिका अझ मजबुत बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका सहभागीहरूका अनुसार, यस अधिवेशनले नेकपा (एमाले) पार्टीलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय