
जनता टुडे समाचारदाता
सुखीपुर (लहान) / सिरहाको सुखीपुर नगरपालिका–१० का दुर्गा यादव (दुरेन्द्र यादव) पछिल्लो समय समाजसेवा र परोपकारी कार्यका कारण ‘दानवीर’ को रूपमा चिनिन थालेका छन् ।
उनले निरन्तर रूपमा असहाय, विपन्न तथा आवश्यक सहयोग चाहिने व्यक्तिहरूलाई दान गर्दै आइरहेका छन् ।
स्थानियहरूका अनुसार, यादवले विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रममा अर्थिक सहयोग, खाद्यान्न वितरण तथा शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्। उनका समाजसेवाका क्रियाकलापहरू स्थानीयस्तरमा मात्र नभई बाहिरी क्षेत्रहरूमा पनि चर्चाको विषय बनेको छ।
उनी भन्छन्, “समाजमा कोही पनि अभावमा नबाँचून् भन्ने मेरो सधैं चाहना रहन्छ। जहाँ सकिन्छ, त्यहाँ सहयोग गर्ने मेरो कर्तव्य हो।”
स्थानीय बासिन्दाहरू तथा लाभान्वित व्यक्तिहरूले दुर्गा यादवको योगदानलाई उच्च सम्मान गर्दै उनलाई ‘दानवीर’ को रूपमा स्वीकार गरिरहेका छन्।
समाजमा यस्ता व्यक्तित्वहरूको भूमिका महत्वपूर्ण हुने भन्दै विभिन्न संघसंस्थाहरूले पनि प्रशंसा गरेका छन् ।
जय माँ दुर्गा भगवती कन्ट्रसन सुखीपुर १० संचालक समेत रहनु भएका दुर्गाले प्रत्येक धार्मिक कार्यमा दान दिएर चर्चा आई रहनुभएकाे छ ।
शनिवार आयाेजना हुने सुखीपुर नपा ७ नगुर्वा बल्हीमा हुने सन्त सम्मेलन पनि वहाँले सम्मेलनमा खर्च हुने चामल सहयाेग गर्नुभएकाे हाे ।
वहाँकाे सुखीपुर नगरपालिका , बरियारपट्टी गाउँ पालिका र धनगढीमाई नगरपालिकामा हुने धार्मिक कार्यमा अग्रह स्थानकाे सहयाेग गर्ने गरेकाे छ ।
स्थानीय समुदायको धार्मिक तथा सामाजिक सद्भावलाई मजबुत बनाउन आयोजित सन्त सम्मेलन भव्य रूपमा हुने आयाेजकले बताएकाे छ ।
सम्मेलनमा विभिन्न क्षेत्रका सन्त, समाजसेवी तथा श्रद्धालु भक्तजनको उल्लेखनीय उपस्थिति रहने छन् ।