
राेयाण्टर मण्डल
लहान । सागरमाथा चौधरी आँखा अस्पताल लहानका डा. बिजय चौधरीले आफ्नै कर्मचारी सिमा महतोमाथि वर्षौंदेखि मानसिक तथा शारीरिक यातना दिएको भन्दै महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले गम्भीर ध्यानाकर्षण गराएको छ ।
सञ्जालले घटनालाई गम्भीर मानवअधिकार उल्लङ्घनको रूपमा व्याख्या गर्दै कानुनी प्रक्रिया अनुसार छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। संस्थाले जारी गरेको ध्यानाकर्षण पत्रमा महिलामाथि हुने कुनै पनि प्रकारको हिंसा, यातना तथा अन्याय सह्य नहुने उल्लेख गरिएको छ ।
महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालले पीडित सिमा महतोलाई न्याय दिन सरकार, मानव अधिकार आयोग, महिला आयोगलगायत सरोकारवाला निकायलाई तत्काल पहल गर्न आग्रह गरेको छ । साथै, पीडितलाई उचित क्षतिपूर्ति, सुरक्षित कार्य वातावरण र मानसिक शान्तिका लागि आवश्यक व्यवस्था गर्न मांग गरिएको छ ।
सञ्जालले घटनाको गम्भीरताका आधारमा यदि आवश्यक परे थप आन्दोलन तथा कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।