
विजय साह
सिरहा । सिरहाकाे ठाडी भगवानपुर
सडककाे स्तरोन्नति हुन थालेपछि स्थानीयहरु खुशी भएका छन् ।
सडक डिभिजन कार्यालय लहानकाे याेजनामा उक्त कार्यकाे तिब्रता दिएको छ ।
त्यस्तै सप्तरीको कदमहा चोकदेखि गाईघाट महुरे खर्प सोलु सडकको पनि स्तरोन्नति कार्य अगाडि बढाएको हो ।
सडक डिभिजन कार्यालय लहानले २०८१ माघ २१ को बोलपत्रबाट ठेक्का पाउने श्री लिरुङ्ग रोयल डुप्चेशवर शुभम जेभि निर्माण कम्पनीले १ करोड ७८ लाख ४८ हजार ३८८ रुपैयाँकाे ठेक्का पाएर कार्य गरि रहेकाे छ ।
निर्माण कम्पनी र सडक डिभिजन बीच सडक स्तरोन्नतिको काम सम्झौता भए लगत्तै निर्माण कम्पनीलाई सडक स्तरोन्नतिलाई अगाडि बढाउन सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले निर्देशन दिनुभएकाे थियाे ।
उक्त कार्य २०८२ असार मसान्तसम्म सक्नुपर्ने कार्यालयले जनाएकाे छ ।
लहान ठाडी सडक दैनिकी आवतजावत व्यस्त सडक रहेकाे छ । सडक विग्रेपछि घटनाहरु भए रहेकाे थियाे तर सडक राम्रो बनेपछि सडक दुर्घटनामा न्युनीकरण हुने भगवानपुर गाउँपालिका वडा २ नहरा रिघौलका शम्भु महराले बताउनुभयाे ।