राेयाण्टर मण्डल
लहान (सिरहा)/ मधेस प्रदेशमा व्यवसाय खस्किएको भन्दै व्यापारीहरू चिन्तित भएका छन् ।

आर्थिक मन्दी, बजारमा घट्दो कारोबार, महँगी र अस्थिर नीतिले व्यापार व्यवसाय प्रभावित भएको जिल्ला उद्योग वाणिज्य संघ, लहान सिरहाका अध्यक्ष विकास सारडाले समाजिक संजाल मार्फत दुखेसो पाेख्नुभएका छन् ।

अध्यक्ष सारडाले व्यवसायीहरू हाल गम्भीर आर्थिक दबाबमा परेका छन्। विगतका वर्षहरूमा सक्रिय रूपमा चलिरहेका व्यवसायहरू हाल ओरालो लाग्दै गएका छन् ।

हामी अध्यक्ष सारडासंग शाेध्दा वहाँले भन्नुभयाे : व्यापार खस्किनुका प्रमुख कारणहरू महँगी र करको भार , व्यवसाय सञ्चालन खर्च उच्च भए पनि आम्दानी न्यून हुनु ।

अस्थिर बजार अवस्था: बजारमा खरिद क्षमता कमजोर हुनु ।

नीति तथा प्रशासनिक झन्झट: सरकारी प्रक्रिया झन्झटिलो हुँदा व्यवसाय सञ्चालन गर्न कठिनाइ भोग्नु परिरहेको ।

सीमावर्ती प्रतिस्पर्धा: भारतसँगको खुला सिमाना भएकाले स्थानीय बजारमा भारतीय वस्तुले प्रतिस्पर्धा बढाएको छ।

लगानीमैत्री वातावरणको अभाव: लगानीकर्ताहरूमा निराशा छाएको छ, जसले नयाँ उद्यमीहरू व्यवसायमा आउन डराइरहेका छन् ।

अध्यक्ष सारडाले व्यवसाय सुधारका लागि
सरकारले कर प्रणालीमा सुधार गर्नुपर्ने र व्यवसायीमाथिको अनावश्यक दबाब हटाउनु पर्ने, स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै आयातमा निर्भरता घटाउन नीति ल्याइनु पर्ने, सहज वित्तीय पहुँच र लगानीमैत्री वातावरण सिर्जना गरिनु पर्ने र व्यवसायीहरूसँग प्रत्यक्ष संवाद गर्दै समस्याको दीर्घकालीन समाधान खोजिनु पर्ने यसप्रकारका यदि तत्काल उचित नीति अवलम्बन नगरिए मधेस प्रदेशमा व्यापार व्यवसाय थप खस्किने खतरा रहेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय