राेयाण्टर मण्डल
लहान (सिरहा) / लहान नगरपालिका वडा नम्बर ५ स्थित गुदरी बजारमा व्यापारिक हाट बजार भवन निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ ।

नगरको व्यापारिक संरचनालाई व्यवस्थित गर्न लहान नगरपालिकाले ८४ वटा सटर निर्माणको परियोजना अघि बढाएको हो । नगर प्रमुख महेश प्रसाद चौधरीले विशेष कार्यक्रमका बीच भवन निर्माण कार्यको शिलान्यास गर्नुभएको छ ।

“हाट बजार भवन निर्माण कार्य” शीर्षकमा सञ्चालन हुने यो परियोजनाको ठेक्का एम/एस बाबा निर्माण सेवाले २२ करोड ९७ लाख ४५ हजार २० पैसा बिना भ्याट बाहेक रकम ठेक्का पाएकाे हाे ।

निर्माण सम्झौता २०८१ फागुन ६ गते पाएर  निर्माण कार्य सम्पन्न २०८३ असार २० गते भित्र  गर्ने लक्ष्य रहेकाे छ।

व्यवस्थित व्यापारिक संरचनाको संकल्प

उद्घाटन कार्यक्रममा बोल्दै मेयर चौधरीले लहानको गुदरी बजार, माछा बजार, बकरी बजार, मासु पसल लगायतका व्यवसायलाई व्यवस्थित बनाउन याे भवन बनाउन लागेकाे बताउनुभयो ।

वहाँले व्यवसायीहरूको समस्या समाधान गर्दै स्थानीय आर्थिक समृद्धि वृद्धि गर्ने नगरपालिकाको लक्ष्य रहेको बताए।

कुनै पनि ठूला विकास आयोजनामा प्रारम्भिक विवाद हुने भए पनि हाट बजार निर्माणलाई लिएर कुनै विवाद नरहेको लहान उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारडाले स्पष्ट पार्नुभयाे ।

व्यवस्थित बजार निर्माणले स्थानीय व्यापारीलाई प्रत्यक्ष फाइदा पुग्ने पूर्व वडा अध्यक्ष अरुण केशीले बताए।

पुराना टहरा हटाएर नयाँ र आधुनिक सटर निर्माण गरिने छ । उक्त भवन स्थानीय व्यापारीहरूलाई उचित भाडा प्रणाली मार्फत नयाँ संरचनामा स्थानान्तरण गरिने वडा अध्यक्ष अब्दुल कलामले बताए ।

यो परियोजना सफल भएमा नगरपालिकाको राजस्व वृद्धि हुने र स्थानीय व्यापारमैत्री वातावरण बन्ने जन अपक्षा रहेकाे छ।

स्थानीय व्यापार प्रवर्द्धनमा योगदान

व्यवसायीहरूले नगरपालिकाले व्यापार प्रवर्द्धन गर्ने योजनामा चालेको यस कदमलाई स्वागत गरेका छन्। हाट बजार भवन निर्माणले लहानलाई व्यवस्थित व्यापारिक केन्द्रका रूपमा विकास गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

नगरपालिकाको यो परियोजनाले स्थानीय व्यवसायलाई प्रोत्साहन गर्नुका साथै व्यवस्थित व्यापारिक पूर्वाधार निर्माण गरी आर्थिक उन्नति ल्याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय