
राेयाण्टर मण्डल
लहान / सिरहाको गोलबजार स्थित जनता माध्यमिक (प्राविधिक) विद्यालयले केही शिक्षकहरूको तलव भत्ता सम्बन्धी विवादबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ।
विद्यालयका प्रधानाध्यापक भरत प्रसाद साहद्वारा जारी प्रेस विज्ञप्ति अनुसार विद्यालयका शिक्षक विमला कुमारी झा , अन्यतम यादव र र गौरीशंकर सिंहको खातामा भुलबस तलव भत्ता निकासा भएता पनि पुन: सरकारी खातामै रकम फिर्ता भएकाे जनाएको छ ।
विद्यालयले दुई सिफ्ट (बिहान ६:३० देखि ११:०० र ११:२० देखि ४:२० ) सम्म कक्षा सञ्चालन हुँदै आएको छ ।
विधालयमा विद्यार्थीको चाप अत्यधिक भएका कारण प्रशासनिक तथा शैक्षिक व्यवस्थापनमा विशेष ध्यान दिन आर्थिक व्यवस्थापनलाई प्रभावकारी बनाउन विद्यालयमा दुई जना लेखापाल कार्यरत छन् ।
जसमा रामेश्वर साहलाई आर्थिक व्यवस्थापनको प्रमुख जिम्मेवारी दिइएको हाे ।
विद्यालयका प्र.अ साहले आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको स्पष्ट गर्दै नगरपालिकाले माग गरेको स्पष्टिकरणमा लेखापाल रामेश्वर साहले सबै विवरण प्रस्तुत गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।