धनुषाबाट सबैभन्दा बढी र  सप्तरीबाट सबैभन्दा कम

राेयाण्टर मण्डल
सिरहा / आज देखि हुन गए रहेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सिरहा जिल्लाका १ सय ८८ विद्यालयका १० हजार ७ सय ३ विद्यार्थी सहभागी हुनेछन् ।

सिरहामा यस वर्ष  परीक्षाका लागि जिल्लाभर ४९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी हुन लागेका छन् ।

शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशका अनुसार १ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिईरहेका छन् ।

शिक्षा विकास निर्देशनालयका अनुसार मधेश प्योरदेशमा यस वर्ष धनुषाबाट सबैभन्दा बढी र  सप्तरीबाट सबैभन्दा कम विद्यार्थी एसईईमा सहभागी हुँदैछ ।

धनुषामा १९५ वटा विद्यालयमा अध्ययनरत १३ हजार ६५४ जना छन् भने सप्तरीबाट सबैभन्दा कम १४२ वटा विद्यालयका ८ हजार ७१५ जना विद्यार्थीले एसईईमा सहभागीता जनाउने उनले जानकारी दिए ।

मधेश प्रदेशमा चैत ७ गतेदेखि १९ गतेसम्म हुने परीक्षाका लागि ४ हजार ६८० जना सुरक्षाकर्मी र १२ हजार २४२ जना कर्मचारीलाई खटाईएकाे  लाई मधेश प्रदेशमा खटाईएकाे छ ।

निर्देशनालयका अनुसार सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

यो वर्षको एसईईमा मधेश प्रदेशमा ३१२ वटा परीक्षा केन्द्र निर्धारण गर्दा, ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० जना निरीक्षक, ७५५ जना परीक्षा सहायक, १ हजार ६६६ जना कार्यालय सहयोगी खटाइने निर्देशनालयले जनाएको छ ।

देशभरमा
देशभरीमा २,०७९ परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भइरहेको छ। यस वर्षको परीक्षामा ५,१४,०७१ विद्यार्थी सहभागी भएका छन्, जसमा २,५७,७३० छात्रा र २,५६,३११ छात्र छन् ।

परीक्षा  तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।  परीक्षा चैत १९ गतेसम्म सञ्चालन हुनेछ।

यस वर्षको परीक्षामा विद्यार्थी संख्या गत वर्षभन्दा ४९ हजार २ सय ८६ ले बढेको छ ।

परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक, सहयोगी कर्मचारी र सुरक्षाकर्मी गरी ७७ हजार ८ सय १७ जना जनशक्ति खटाइएको छ।

परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरूलाई ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन सराेकारबलाहरु आग्रह गरेको छ।

यता, मधेश सरकारले यस परीक्षामा कुनै सहभागीता नजनाउने प्रेस विज्ञप्ति मार्फत जानकारी गराउनुभएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय