मनिषा मण्डल

लहान, सिरहा, ३ चैत्र – लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पस मा आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि तीनवटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन्।

एमाले निकट अनेरास्ववियु, कांग्रेस निकट नेविसंघ र संयुक्त विद्यार्थी संगठन (विधार्थी जनमत संघ, समाजवादी विद्यार्थी युनियन, अनेरास्वयू क्रान्तिकारी, अनेरास्ववियू एस) बीच प्रतिस्पर्धा हुने भएको छ।

प्राप्त जानकारी अनुसार, सभापति पदका लागि अनेरास्ववियुबाट मनिष चौधरी, नेविसंघबाट रोहित राउत, र संयुक्त विद्यार्थी संगठनबाट ललित यादवले उम्मेदवारी दिएका छन् ।

स्ववियु निर्वाचन नजिकिएसँगै क्याम्पस परिसरमा राजनीतिक गतिविधि बढेको छ । विद्यार्थी संगठनहरूले आ-आफ्ना उम्मेदवारलाई जिताउन सक्रिय रूपमा प्रचारप्रसार गरिरहेका छन् । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन क्याम्पस प्रशासनले आवश्यक तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय