राेयाण्टर मण्डल
सिरहा । सिरहाकाे नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।
नवराजपुर गाउँपालिका-४ नवराजपुरस्थित प्राथमिक उपचार केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको उद्घाटन आज बुधबार एक कार्यक्रमको बीच गरिएको छ ।
गापा अध्यक्ष शिव उदगार यादव र जग्गादाता राम रामऔतार यादवले संयुक्त रुपमा सर्पदंश उपचार केन्द्रको उद्घाटन गरेको छ ।
गाउँपालिकाको व्यवस्थापनमा उक्त सर्प दंश केन्द्र सञ्चालन हुने उनले बताए ।
समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै आउनु परेको थियो ।
सर्प दंश उपचार केन्द्र स्थापना भएसँगै सर्पले डसेका बिरामीलाई उपचारका लागि लहान वा चाैहर्वा लैजानु पर्ने अवस्थाको अन्त्य हुने गापा अध्यक्ष यादवले बताए ।
कार्यक्रममा प्राथमिक उपचार केन्द्रकाे दाैरिक लाल कामती, नवराजपुर गाउँपालिका वडा २ का वडा अध्यक्ष सुरेश कुमार यादव लगायतको उपस्थिति रहेकाे थियाे ।





