रोयाण्टर मण्डल
सुखीपुर (सिरहा)  / भूमि समस्या समाधान आयोग, सिरहाले भूमि व्यवस्थापन, सुधार, तथा भूमिहीनहरूको हक संरक्षण विषयमा विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

सिरहाको सुखीपुरमा भूमि समस्या समाधान आयोग सिरहाको आयोजना र सुखीपुर नगरपालिकाको सहकार्यमा आज शनिवार भएको कार्यक्रममा सुखीपुरभरिका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकहरूको समस्या समाधान गर्न आयोगका पदाधिकारी, विज्ञ, पत्रकार, सरोकारवाला निकायकाप्रतिनिधि तथा स्थानीय समुदायका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोगका जिल्ला अध्यक्ष राम अधिन यादवले सिरहामा लामो समयदेखि भूमिसम्बन्धी समस्या झेलिरहेका नागरिकहरूको समस्या समाधान गर्न आयोगले गम्भीर पहल गरिरहेको बताए । उनले भने, “भूमिहीन तथा सुकुम्बासीलाई व्यवस्थित रूपमा बसोबास गराउने सरकारको प्रतिबद्धता अनुरूप आयोगले सिरहा जिल्लाको सुखीपुरबाट पहिलो कार्यक्रम शुरुवात गरेको बताउनुभयो ।

सहभागीहरूले भूमि व्यवस्थापन प्रक्रियामा देखिएका चुनौती तथा अव्यवस्थाका विषयमा खुलेर आफ्नो धारणा राख्नुभयो ।

सुखीपुर नगरपालिकाले सहजीकरण गर्न सक्दो सहयोग गर्ने नगर प्रमुख रामऔतार यादवले प्रतिबद्धता जनाउनुभयो ।

नगर प्रमुख यादवले सुखीपुर पालिकामा स्थलगत निरीक्षण गरी वास्तविक भूमिहीनहरूको पहिचान, जग्गा वितरण प्रक्रिया र कानुनी रूपले स्वामित्व सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिने छौ ।

कार्यक्रमको वृहत जानकारी भूमि समस्या समाधान आयोग सिरहाको कार्यक्रम प्रमुख चन्दन प्रसाद दास, स्वागत मन्तव्य सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महेश ठाकुर र कार्यक्रम संचालन विन्दे यादवले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय