राेयाण्टर मण्डल
लहान /विश्व कल्याण विश्व शान्तिको लागि सिरहाकाे नवराजपुर गाउँपालिका विष्णु महायज्ञको भव्य तयारी थालिएको छ।
फागुन १७ देखि ९ दिनसम्म नवराजुर वडा नम्बर १ स्थित बाेथही गाउँमा विष्णु महायज्ञ हुने आयाेजकले जनाएको छ।
महायज्ञको लागि भारतको विन्दावनका रासलिला , भारतका बाल कथा वाचक बाल व्यास आउने भएका छन् ।
विश्व कल्याण विश्व शान्तिको लागि विष्णु महायज्ञबाट करिब २५ लाख रुपैया खर्च हुने महायज्ञ हुने यज्ञलगाउने बाबा राम चरित्र दासले जानकारी दिए ।
महायज्ञमा संगीतमय श्रीराम कथा वाचनका लागि भारतका प्रख्यात कथावाचक बाल ब्यास अन्य गुरु तथा विद्वानजनको आगमन हुने उपाध्यक्ष दासको दाबी रहेको छ ।
यज्ञस्थलमा १०८ देवी देवताको प्रतिमा बनाएर पूजापाठ हुने आयोजकको भनाइ छ। पूजापाठ गराउन भारत र नेपालको बाबा आउने र वैदिक मन्त्रोच्चारण गरेर महायज्ञ गरिने आयोजकको दाबी छ ।
महायज्ञको सुरुआतको दिन फागुन १७ मा १ हजार भन्दा बढी कुमारी कन्याले कल्याण दह नदीबाट जल ल्याई कलशयात्रा गरिने तयारी गरिएको छ।
बाबा दासले हाल सम्म १४ यज्ञ लगाई सकेकाे जानकारी गराउनुभयाे ।






