रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सिरहाको लहानमा गाउँ ब्लोक जग्गा फुकुवाको माग राख्दै स्थानीय बासिन्दाले मालपोत कार्यालय लहान अगाडि धर्ना दिएका छन् ।
गाउँ ब्लक संघर्ष समितिले मालपोत कार्यालय लहान परिसर प्रवेशद्वार अगाडि मंगलवार धर्ना दिएको हो ।
वर्षौ देखि आफुले सुख भोग गर्दै आएको जग्गा नापी भएता पनि हाल सम्म सो जग्गाको अध्यावधि गरिदिन मांग गर्दै मालपोत कार्यालय लहान लहानमा माघ २३ गते ज्ञापन पत्र बुझाउदा पनि कुनै निकास नपाएकोले बाध्य भएर विभिन्न आन्दोलन गर्दै आज धर्नामा बस्न बाध्य भएको गाउँ ब्लक संघर्ष समितिका संयोजक अरुण के.सीले बताउनुभयो ।
वहाँले पटक पटक प्रधानमन्त्रीको कार्यालय जिल्ला प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय र लहान नगरपालिकामा समस्या समाधानका लागि आग्रह गर्दा पनि कुनै निकाय हाल सम्म चासो नलिएका कारण लहान नगरपालिकाका २४ वर्ट वडाका गाउँ ब्लोक जग्गा धनी अन्यायमा परेकोले आन्दोलनको विकल्प नरहेको भन्नुभयो ।
समितिले खबरदारी ¥याली, मशाल जुलस लगायतको आन्दोलन पछि आज धर्ना कार्यक्रम रहेको छ । धर्ना कार्यक्रमले मालपोत कार्यालय कामकाज नहुँदा सेवाग्राही मर्कामा परेका छन् । धर्ना कार्य भएकोले सेवा लिन आएका सेवाग्राहीले सास्ती भोग्नु परेको हो ।





