राेयाण्टर मण्डल
सुखीपुर ( सिरहा) / सुखीपुर नगरपालिकामा स्वास्थ्य शाखाको आयोजनामा एच.पि.भी. Human Papilloma virus. (HPV) खोप अभियान तथा नियमित खोप सेवा सुरुवातको लागी पालिका स्तरिय खोप समन्वय समितिको १ दिने अभिमुखिकण कार्यक्रम सप्पन्न भएको छ ।

कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका छात्राहरुलाई तथा बिधालय नजाने १० बर्ष देखि १४बर्ष सम्मको किशोरिहरुको लागि एच.पि.भी. (HPV) खोप अभियान सबै वाडामा संचालन हुने भएको छ ।

पाठेघरको मुखको क्यान्सर गराउने Human Papilloma virus विरुद्धको एच.पि.भि. खोप सिकोलिन भ्याक्सिन दिने भएको छ ।अभियान तथा नियमित खोपमा शुरुवात गर्नको लागि पालिका खोप समन्वय समिती कार्यक्रममा पाठेघरको मुखको क्यान्सर,रोग सर्ने माध्यम, लक्षण तथा चिन्हहरु, नेपालमा पाठेघरको मुखको क्यान्सर हुनको कारण, रोकथामका उपयहरु, खोपको मात्रा दिने बिधि, खोप दिन नहुने अवस्थाहरू , निवारण रणनीति एच. पि. भि. खोप अभियान तथा नियमित खोपमा कार्यक्रम सञ्चालन कार्यनिती सम्बन्धि बिषयहरुमा छलफल भएको छ ।

हामिले २ हजार ४ सय भ्याक्सिनको लक्ष्य राखेकाछौ साथै किशोरिहरुलाइ भ्याक्सिनेशनमा सहजताकोलागी प्रत्येक वाडामा लक्ष्य अनुसारको २७ ओटा केन्द्र तोकेकाछौ जसले गर्दा बिधालय जाने छात्रा लगायत बिधालय नजाने त्यही समुदायका किशोरिहरुलाई सहजता होस भन्ने उदेश्यले केन्द्र तोकेका छौ स्वास्थ कार्यालय प्रमुख चन्देश्वर यादवले जानकारी दिनुभयो।

कार्यक्रमको अध्यक्षता नगरपालिका नगर प्रमुख राम औतार यादव गर्नुभएकाे थियाे भने कार्यक्रमकाे प्रमुख अतिथि सुखीपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश कुमार ठाकुर, प्रशिक्षक जनस्वास्थ्य अधिकृत कृष्ण देव यादव प्रशिक्षण दिनुभयाे भने उद्घाेषण स्वास्थ्य शाखाका स संयाेजक अन्देश्वर मण्डलले गुर्नुभएकाे थियाे ।

पालिका अन्तरगतका वाडाध्यक्षहरु, कर्मचारिहरु, स्वास्थकर्मिहरु तथा संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय