डाक्टरकाे भुमिकामा ब्लड सुगर र विपी चेक जाँचमा दक्ष
राेयाण्टर मण्डल
लहान ( सिरहा) / तपाईकाे रगतमा रहेकाे चिनी ब्लड प्रेसरकाे चेक जाँच अब ७ कक्षामा अध्यनरत विधार्थीले गर्ने छ भने सुन्दा तपाईलाई आश्चर्य लागेकाे हाेला तर सत्य हाे ।
सिरहा जिल्ला लहान स्थित रहेकाे स्कुल अफ स्कलर्सले आफ्ना विधार्थीलाई पढाईकाे साथ साथ व्यवहारिक ज्ञान समेत सिकाउने गर्छ । कक्षा ५ देखि विधार्थीलाई लक्ष्य अनुसार शिक्षा दिन प्रेरित गर्दैछन् । विधार्थीलाई रुचि अनुसारका शिक्षामा वढी जाेड दिने गरेकाे छ ।
स्कलर्सले शुक्रबारदेखि स्पोर्ट विक कार्यक्रममा काेही डाक्टर, इन्जिनियर , खेलाडी, गीत संगीतका भुमिका निभाउदै गरेकाे देख्न सकिन्छ ।
कार्यक्रममा काेही विधार्थी रगतमा रहेकाे चिनी ब्लड प्रेसरकाे चेक जाँच गर्ने गरेकाे छ भने काेही आफुले बनाएका मेशिन र चित्रहरु प्रदर्शनी गर्दैछन् भने काेही खेल र गीत संगीतमा आफनाे क्षमता प्रदर्शन गरिरहेका छन् ।
बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक एबं चौतर्फी बिकास गर्ने उदेश्यले प्रत्येक बर्ष कार्यक्रम संचालन गर्दै आएकाे निर्देशक सुदिपराज कुशवाहाले जानकारी दिनुभयो ।

कार्यक्रममा निबन्ध, कविता, वक्तृत्वकला, मार्चपास, सांस्कृतिक नृत्य, हाई जम्प, लङ्ग जम्प, ट्रिपल जम्प सर्ट पुट, ज्याबलिड. थ्रो, सय मीटर रेस, विधार्थी स्वास्थ जाँच लगायतको क्षमता अभिवृद्धि कार्यक्रम रहेकाे छ ।

विद्यालयमा नौ सय भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत छ्न । अहिले मधेश प्रदेशमै आफनाे असल पहिचान दिदै लहानकाे गाैरव बढाएको छ ।








