
रोयाण्टर मण्डल
लहान (सिरहा) / ७३ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा ठाडी भन्सार कार्यालयले वृक्षा रोपन तथा खुला दौड प्रतियोगिता आयोजना गरिएको छ ।
आज विहानै ठाडी भन्सार कार्यालयको परिसरमा वृक्षा रोपन गरिएको छ भने भन्सार कार्यालय देखि भगवानपुर चौक सम्म (पाँच किलोमिटर) खुला दौड प्रतियोगिता सम्पन्न भएको छ ।
दौड प्रतियोगितामा प्रथम स्थान हुनेमा जनक गिरी (सशस्त्र प्रहरी वल), दोस्रोमा स्थानमा सागर मल्ल (नेपाल प्रहरी) , तेस्रोमा स्थानमा चन्दन यादव (नेपाल प्रहरी) रहेको छ भने महिला तर्फ सुजिता माझी (नेपाल प्रहरी) प्रथम स्थानमा भएकी छिन् ।
विजेताहरुलाई प्रशंसा पत्र र नगद पुरस्कार दिएको छ । आज भएको खुल्ला दौड प्रतियोगितामा १३ प्रतिस्पर्धी सहभागीता रहेकोे र कार्यक्रममा सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख लगायतका उपस्तिथीमा कार्यक्रम सम्पन्न भएको ठाडी भन्सार कार्यालयका प्रमुख मुकेश पाठकले जानकारी गराउनुभयो ।