सुखीपुर (सिरहा)  / मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटनामा परेको छ ।

जनकपुरधामको रामानन्द चोकमा आज सोमबार बेलुकी मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

मन्त्री सिंह सवार गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्र ०३–००१ झ ००९६ गाडीले गाडीले ठक्कर दिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिएका छन् ।

पिरारी चोकबाट रामानन्द चोकमा रहेको निवासतर्फ जाँदै गरेका बेला मन्त्रीको गाडीलाई सोही दिशामा जाँदै गरेको अर्काे गाडीले गाडीले ठक्कर दिएको डिएसपी सिंहले जनाएका छन् ।

दुर्घटनामा मन्त्रीसँगै दुवै गाडीका चालकसमेत घाइते भएका छन् । घाईतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

दुर्घटना बारे अनुसन्धान भई रहेको धनुषा प्रहरीले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय