राेयाण्टर मण्डल
लहान (सिरहा) / पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिराहाको लहानमा बसकाे ठक्करबाट एकै परिवारका तीन जना गम्भीर घाईते भएपछि उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाएको छ ।

लहान नगरपालिका वडा नम्बर १२ स्थित बाटिका होटेल नजिकै आज आइतबार बिहान बिहान मोटरसाइकल र स्कुल बसले ठक्कर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ६ देउरी बस्ने ४० वर्षीय किरण थापा, उनकी श्रीमती ३६ वर्षीया सुधा घिमिरे थापा र ११ वर्षीया छोरी शैलजाकुमारी थापा घाइते भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका ट्राफिक प्रहरी प्रमुख निरीक्षक पोषणराज थपलियाले बताउनुभयो ।

ठक्करलागे पछि तत्काल उपचारका लागि धमिनी हस्पिटल लहानमा ल्याएकाे थियाे तर उपचार सम्भव नभए पछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएकाे छ ।

पश्चिमबाट पूर्वतर्फ बा.१८प ८३२५ नम्बरको मोटरसाइकल आउदै गरेकाे र पश्चिमबाट पूर्वतर्फ विपरीत दिशाबाट आउदै गरेको प्र २–०१–०० १ प ७९ नम्बरको संकल्प विद्याआश्रम लहानको बसले ठक्कर लागेकाे प्रत्यक्षदर्शीले बताए ।

बाक्लो हुस्सुका कारण दुर्घटना भएको प्रहरीकाे अनुमान रहेकाे छ । थप अनुसन्धानका लागि वसका चालक दीपेशकुमार चौधरी र बस नियन्त्रणमा ईलाका प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय