
राेयाण्टर मण्डल
लहान (सिरहा) / चिसाेबाट बाच्नका लागि आफनाे नगरका ८० जना दलित परिवारलाई लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चाैधरीले न्यानो कम्बल वितरण गरेकाे छ ।
आज विहानै हुस्सु लागेकै बेला घरबाट निस्केर लहान नगरपालिका वडा नम्बर ११ र १४ काे दलित बस्ती पिडर बोनिमा मोची समुदायलाई ८० थान कम्बल वितरण गरेका हुन् ।
चिसाे र शीतलहरको कारण हाम्राे नगरका काेही प्रभावित नहाेस् अभियान अन्तरगर्त कम्बल र दाउरा वितरण गरि रहेकाे नगर प्रमुख चौधरी बताउनुभयाे ।
त्यसैगरी सोही गाउँका आर्थिक अभावका कारण बिच्च्लीमा परेको स्व. फुल्गन महतोको परिवारलाई १ सय किलो चामल, १५ किलो दाल र ५ लिटर तेल घरमै पुगी दिएकाेपछि उक्त परिवार खुशी भएर नगर प्रमुख चाैधरीलाई अभार व्यक्त गर्नुभएकाे हाे ।
मेयर चौधरीले यस प्रकारको सहयोग अभियान जारी रहने प्रतिबद्धता गर्नुभयाे ।