रोयाण्टर मण्डल
लहान (सिरहा) / मधेश प्रदेश सरकारले आज माघ ५ गते सातौँ बलिदानी दिवस मनाउँदैछ । मधेश आन्दोलनको प्रथम सहिद रमेश महतो लगायतको सहिदहरुको प्रतिमामा  फूलमला लगाउन आज विहानै देखि मधेशवादी नेताहरुको जमघट लहानमा लागेको छ ।

फूलमला लगाउन जनता समाजवादी पार्टी नेपालका  अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका संयोजक राजेन्द्र महतो, जनता समाजवादी पार्टी नेपालका नेता तथा पूर्व मन्त्री राज किशोर यादव , जसपा नेपालका सचिव तथा प्रदेशका पूर्व राज्य मन्त्री सुरेश मण्डल,  जनमत पार्टीका  केन्द्रिय सदस्य  मधेश प्रदेश सभा सदस्य तथा प्रदेशका पूर्व राज्य मन्त्री संजय यादव, केन्द्रिय  बालेश्वर यादव लगायतको नेताहरुको उपस्थिती रहेको थियो ।


आजै बलिदानी दिवसको अवसरमा जनता समाजवादी पार्टी नेपालले सिरहामा आमसभा राखेका छन् भने राजेन्द्र महतोको प्रमुख आतिथ्यमा सिरहाको लहानको गोपाल धर्मशालामा अभियानी राम रिझन यादवले सिरहा माघे मधेश जनविद्रोह र मधेशवादको विषयमा विचार गोष्टी कार्यक्रम र सिरहाको लहानको सहिद चौकमै जनमत पार्टीले रक्तदान कार्यक्रम राखेको जानकारीमा आएको छ ।

यता, मधेश प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयले अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवार र अंगभंग भएका तथा घाइतेलाई आर्थिक सहयोग र सम्मान गने दिन रहेको जनाएको छ ।

बलिदानी दिवस जनकपुरधामको महेन्द्र नारायण नीधि सांस्कृतिक प्रतिष्ठानमा मनाउनुका साथै जानकी मन्दिरमा सहिदहरुको सम्झनामा जानकी मन्दिरमा १ लाख दिप प्रज्वलन गर्ने गृह मन्त्रालयल मधेश प्रदेशले जनाएको छ ।

बलिदानी दिवसलाई थप व्यवस्थित र भव्य बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश सांसदहरुले सहिद परिवारलाई थप सेवा सुविधा उपलब्ध गराउन छुट्टै कानुन बनाउन सुझाव दिए ।

प्रदेश सांसद कुमर कान्त झाले अहिले पनि सहिदको सपना पूरा हुन नसकेको बताए। उनले अधिकारको कुरामा अहिलेसम्म विभेद कायमै रहेको धारणा व्यक्त गरे। प्रदेश बनेको ७ वर्ष भइसक्दापनि कर्मचारी व्यवस्थापन गर्ने अधिकार प्रदेश संग नभएकाले सहिदको सपनामा प्रश्न चिन्ह लागेको उनले औंल्याए ।

त्यस्तै,सांसद जिवछी यादवले सहिदहरुको सूचीमा त्रुटी रहेको र केही वास्तवीक सहिदको नाम सूचीमा समावेश गर्न छुटेको बताए। उनले त्यस्ता सूचीमा नाम समावेश हुन छुटेका सहिदहरुको नाम यथासिघ्र समावेश गर्न सुझाव दिए। सांसद यादवे सहिद परिवारका सदस्यहरुलाई राजश्वमा सतप्रतिसत छुटको व्यवस्था गर्न सुझाव दिए ।

यस्तै, सांसद श्याम पटेलले सहिद परिवारका सदस्यलाई आजिवन व्यवस्थापन हुने गरि कानुन निर्माण गर्न सुझाव दिए। उनले स्वास्थ्य सुविधा, शिक्षा, यात्रा गर्दा सहिद परिवारलाई निःशुल्क हुने गरी कानुन निर्माण गर्न आवश्यक रहेको औंल्याए  ।

अन्तरक्रिया कार्यक्रममा मधेश प्रदेशका गृह सञ्चार तथा कानुन मन्त्री राज कुमार लेखीले अन्तरक्रिया कार्यक्रममा आएका सम्पूर्ण सल्लाह सुझावलाई मध्येनजर गर्दै बलिदानी दिवस भव्यताका साथ मनाउनुका साथै सहिद परिवारका सदस्यहरुका लागि थप सेवा सुविधा उपलब्ध गराउने गरी कानुन बनाउने आसवासन दिए। उनले यसमा सम्पूर्ण राजनितिक दल र निकायहरुलाई साथ दिन आग्रह गरे ।

२०६३ सालमा भएको मधेश विद्रोहको सम्झनामा प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस मनाउने गरेको छ । माघ ५ गते सिरहाको लहानमा रमेश महतोको गोली लागेर ज्यान गएपछि मधेशका सबै जिल्लामा आन्दोलन सुरु भएको थियो। सो दिनलाई स्मरण गर्दै पूर्व मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाउने निर्णय गरेको थियो ।

के भन्दै छन् : मधेश आन्दोलनका घाईते
मधेसवादी दल र नेताले मधेस आन्दोलनको स्मरण गर्दै लहानस्थित सहिद रमेश चोकमा बलिदानी दिवस मनाउन थालेको आज माघ ५ गते १८ वर्र्ष पुगियो , तर आन्दोलनमा घाइते भएकाका लागि भने त्यो दिन मन दुखाउने गरी आउने गर्छ ।

मधेशवादी दलहरु जुन मुद्दा लिएर अगाडी बढेको थियो, उनिहरु सत्ताको खेलमा लागेर सबै विर्से । मधेश आन्दोलनपछि केहि उपलब्धि हुन्थ्यो भन्ने आश थियो तर मधेशी नेताहरु भजाएर सबै खायो । मधेशी जनतालाई ‘युज’ गर्ने मधेशी नेताहरु ‘नटवरलाल’ बन्न पुगेको मधेश आन्दोलनका घाईतेहरुले आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय