राेयाण्टर मण्डल
सुखीपुर (सिराहा) / लहान नगरपालिका वडा नं. ११  पडरियाको नयाँ वडा कार्यालयको भव्य उद्घाटन समारोह विच आज बुधवार सम्पन्न भएको छ।

नवनिर्मित भवनको नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चाैधरीले उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै नगर प्रमुख चाैधरीले सेवा प्रवाहमा भवन निर्माणले महत्वपूर्ण टेवा पुग्ने बताए ।

उनले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय भवन निर्माण गरिएको बताए ।

सुविधा सम्पन्न भवन नहुँदा सेवाप्रवाहमा समस्या भएको भन्दै प्रमुख चाैधरीले अब भवन निर्माणसँगै सेवा प्रवाह पनि सहज हुनेमा विश्वास व्यक्त गरे ।

नगरपालिकाले भौतिक पूर्वधार निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रमा पनि प्राथमिकताका साथ काम गरेको  छु ।यस वडाका विकासका लागि सडक तथा शिक्षामा बढी जाेड दिएकाे छु । यस वडामा पहिलेकाे भन्दा  धेरै परिवर्तन भएकाे छ । अब यस वडामा रहेकाे पडरीया माध्यमिक विधालयलाई यसवर्ष देखि अग्रेजी माध्यममा शिक्षा दिने याेजना रहेले वजेट पनि विनियोजन भईसकेकाे छ । म नगरपालिका प्रमुख नभएर सेवककाे रुपमा काम गरि रहेकाे प्रमुख चाैधरीले बताए ।

कार्यक्रमकाे अध्यक्ष समेत रहेकाे वडा अध्यक्ष सुर्य नारायण चाैधरीले समारोहलाई सम्बोधन गर्दै  नगर प्रमुख यस वडालाई कुनै भेदभाव गरेकाे छैन् । अन्य वडा भन्दा यस वडालाई बढी वजेट दिदै आएको बताए ।

वडा कार्यालयले नागरिकहरूलाई शीघ्र, पारदर्शी, र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता समेत वडा अध्यक्षले जनाए।

वडा अध्यक्ष चाैधरीले भने “आजकाे उद्घाटन कार्यक्रम वडावासीहरूको सहयोग र सद्भावले मात्र यो प्रयास सफल भएकाे  छ ।

कस्ताे थियाे उद्घाटन स्थल
स्थानीय समुदायको उपस्थिति र उत्साहका बीच आयोजित यस समारोहमा प्रमुख अतिथि लहान नगरपालिकाका मेयर महेश प्रसाद चाैधरी तथा अन्य विशिष्ट व्यक्तित्वहरू उपस्थित थिए।

कार्यक्रममा स्थानीय बासिन्दाहरूले नयाँ वडा कार्यालयको सुरुवातले आफ्नो दैनिक कामकाजमा सहजता आउने बताउँदै खुसी व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय