
मनिषा मण्डल
सुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर २ अधारभूत विधालय स्थित आज मंगलबार तिला संक्रान्ति पर्वकाे अवसरमा खिचडी महोत्सव सम्पन्न भएको छ ।
सुखीपुर नगर सुधार समितिकाे आयाेजनामा प्रत्येक वर्ष माघ महिनाको पहिलो दिन खिचडी खुवाएर महाेत्सव मनाउदै आएकाे छ ।
“ खानपान, भेषभुषा, भाषा र साँस्कृति, पहिचान” भन्ने मुल नाराका साथ प्रत्येक वर्ष महाेत्सवको आयोजना गरी भव्य र सभ्य तरिकाले सम्पन्न गरिन्छ ।
खानपान, साँस्कृतिक, भेषभुषा, र पहिचान लोप हुना लागेको र यसलाई जोगाउनको खिचडी महोत्सवको आयोजनाले संरक्षणमा ठूलो भुमिका खेलेको देखिन्छ ।
महाेत्सवमा सम्पुर्णलाई खिचडी खुवाउई सम्पन्न भएको छ ।
महाेत्सवमा नगर सुधार समिति सुखीपुरका अध्यक्ष विपि भुवन यादवको अध्यक्षतामा संचालन गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष यादवले कार्यक्रममा बोल्दै आफनो संस्कृति, पहिचान, भेषभुषा, रितीरिवाज, चार्डपर्वलाई जोगाउन सबैको कर्तव्य हो भने सबै व्यक्तिले स्वतन्त्र रुपले मनाउन पाउने अधिकार पनि रहेको छ । ।